रुकुम पूर्वको पुथा उत्तरगंगाकी उपाध्यक्षसहित तीनजनाको मृत्यु « Khabarhub

बागलुङमा जीप दुर्घटना

रुकुम पूर्वको पुथा उत्तरगंगाकी उपाध्यक्षसहित तीनजनाको मृत्यु


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा भएको जीप दुर्घटनामा कम्तीमा तीनजनाको ज्यान गएको छ ।

गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीनजनाको मृत्यु भएको हो ।

ज्यान गुमाएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन । सनाखत नभएका मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् ।

उक्त दुर्घटनामा एकजना पुरुष घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि बागलुङ अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले गलकोटतर्फ गइरहेको जीप दुर्घटनामा परेको पुष्टि गरेका छन् ।

यो पनि …

बागलुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १२ : ०० बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा