काठमाडौं छाड्नुअघि भुपेन्द्राले लेखेकी थिइन्- बालेन र हर्क दाजुले मलाई भोट मागिदिनुपर्‍यो « Khabarhub

काठमाडौं छाड्नुअघि भुपेन्द्राले लेखेकी थिइन्- बालेन र हर्क दाजुले मलाई भोट मागिदिनुपर्‍यो


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर वृद्धा आमालाई साता लामो उपचारपछि बिहीबार काठमाडौंबाट फर्किँदै थिइन् ।

तर बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा उपाध्यक्ष बुढा, ६१ वर्षीया आमा गोपीमायाले एकसाथ ज्यान गुमाए ।

साता लामो काठमाडौं बसाइलाई बिट मार्दै गाउँपालिकातिर फर्किनुअघि उनले सामाजिक सञ्जालमा फेसबुकमा एउटा भनाइ राखेकी थिइन् ।

जसमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग सहयोगको आशा राखेकी थिइन् ।

‘मलाई भोट मागिदिनु पर्‍यो भनेर बालेन साह दाजु र हर्क साम्पाङ दाजुलाई दाइजोस्वरुप माग्ने भनेको…’, उनले लेखेकी थिइन् ।

उनले आफलाई भोट माग्न यी दुई चर्चित अनुहारसँग किन सहयोग माग्नु परेको थियो त ? अहिले कुनै चुनाव पनि छैन, उपनिर्वाचन पनि मंसिरमा मात्रै हुँदैछ । पुथा उत्तरगंगामा उपनिर्वाचन हुने गरी कुनै घटना पनि भएको थिएन ।

उपचार शी लिड्स आईकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट भएकी थिइन् । उपाध्यक्ष भुपेन्द्रा बुढा मगर शी लिड्स आईकनको टप २७ मा छनौट भएकी हुन् ।

खासमा उनी शी लिड्स आइकन नामको एक प्रतिस्पर्धामा सहभागी थिइन् । जसमा देशभर उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो।
अनलाइन मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि सर्टलिस्टमा थिए । जसमा उपाध्यक्ष बुढा मगर पनि छानिएकी थिइन् ।

अघिल्लो सोमबार देशभरका १४० जना महिला जनप्रतिनिधिबाट निर्णायकमण्डलले छानेर शीर्ष २७ को सूची सार्वजनिक गरेको थियो । जसमा तीनजना प्रमुख र बाँकी उपप्रमुख थिए ।

उक्त सूची बनाउँदा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरा हेरिएको थियो।

आयोजकले निर्णायकमण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जोशी श्रेष्ठलाई राखेको जनाएको थियो ।

उत्कृष्ट २७ महिला जनप्रतिनिधिमा २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृष्ट तीनलाई विजेता घोषित गरिने कार्यक्रम थियो । त्यहीकारण भुपेन्द्राले बालेन र हर्कसँग आफ्ना लागि भोट मागिदिन आग्रह गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

बालेन र हर्कसँग सहयोग माग्ने भन्दै फेसबुकमा लेखेर काठमाडौं छाडेकी उनी घर पुग्न नपाउँदै दुर्घटनामा परिन् । जुन दुर्घटनाले दु:खद संयोग कस्तो बनायो भने अब उनको पदमा आगामी मंसिरमा उपनिर्वाचन हुनेछ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १ : १५ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका