रविवारे अस्मिताले वयानमा यसो भनिन् « Khabarhub

रविवारे अस्मिताले वयानमा यसो भनिन्


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम प्रकरणकी एक जना अभियुक्त अस्मिता कार्कीले आफूलाई शालिकरामले निकै दुख दिएको प्रहरी वयानमा जनाएकी छिन् ।

प्रहरीसँगको वयानमा उनले आफूहरु करिब एक वर्षदेखि सम्पर्कमा रहेको जनाएकी छिन् । तर शालिकराम विवाहित भएको आफूले घटना भएको ७/८ दिन अघि मात्र थाहा पाएको बयान दिएकी छिन् ।

थाहा पाएपछि आफूले शालिकरामलाई विवाहित रहँदा रहँदै पनि आफूलाई ढाटेको भन्दै अब देखि मलाई पिछा गर्न छोडिदेउ भनेको तर उनले नमानी बारम्बार फोन, गर्ने धम्काउने गरेको उनले बयानमा भनेकी छिन् ।

शालिकरामले आफूलाई त्यति भन्दा पनि नछोडेपछि न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रममा सञ्चालक रवि लामिछाने र युवराज कँडेललाई यसबारेमा बताउँदा शालिकरामले पिछा छोड्ने सोचर घटनाको चार पाँच दिन पहिला न्यूज २४ का क्यामेरा पर्सन अनिल ढुंगललाई फोन र म्यासेज गरि रवि लामिछानेलाई यो कुरा जानकारी गराउँनु भनेर शालिकरामसँगको कुराकानीको स्कृन सट पठाएको बयानमा भनेकी छिन् ।

न्यूज २४ को कार्यालमा पुगेर फोटो खिचि शालिकरामलाई पनि पठाएको उनले वयानमा भनेकि छिन् । उनीसँगको कुराकानी शालिकरामका नजिकका मानिसलाई समेत आफूले पठाएको उनको वयान छ । त्यसपछि शालिकरामले बारम्बार फोन गरेपनि आफूले त्यसलाई वेवास्ता गर्दै आएको उनले वयानमा भनेकी छिन् ।

उनले वयानमा न्यूज २४ का क्यामेरा पर्सन अलिनले आफूलाई फोन गरि शालिकसँग भएका म्यासेजहरु नहटाउन साउन २० गते राति साढे १२ बजेतिर फोन गरेको उनले बयानमा जनाएकी छिन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १ : ४१ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज