राष्ट्रपतिबाट वरिष्ठ महिला चिकित्सकलाई सम्मान « Khabarhub

राष्ट्रपतिबाट वरिष्ठ महिला चिकित्सकलाई सम्मान


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् ।

नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरूमा वुमन इन मेडिसिन इन नेपाल अवार्ड अन्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय छन्। वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत  डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा.बिमला लाखे, डा.मालती त्रिपाठी र डा.अम्बिका श्रेष्ठ हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकलाई रोगी हुनबाट बचाउनका लागि व्यापक काम गर्न जरुरी रहेको उल्लेख गरे ।

अहिलेको सन्दर्भमा स्वास्थ्य नीतिलाई थप प्रभावकारी बनाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा महिलालाई सहज रुपमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै