बालुवाटारमा संवैधानिक परिषद् बैठक, उपसभामुख पनि सहभागी « Khabarhub

बालुवाटारमा संवैधानिक परिषद् बैठक, उपसभामुख पनि सहभागी


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संवैधानिक परिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लागि बैठक बोलाएका थिए ।

विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको  छ ।

सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन्। त्यसपछि क्रमस नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषदमा पठाइएको छ।

पूर्वतयारी नपुगेको भन्दै बुधबारका लागि बोलाइएको बैठक सरेको थियो। यो बैठकमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर पनि उपस्थित छिन् ।

केही युवाहरूलाई अमेरिका पठाउन भन्दै १९ महिनाअघि लेखेको पत्रका कारण रानामगर विवादमा छिन् । उनलाई सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने गरी दुईतिहाइ जुटाउन हस्ताक्षर अभियान पनि चलाएका थिए ।

तर, सत्तारुढ साना दलहरूले नमानेपछि उपसभामुख रानामगरलाई हटाउने योजनाबाट यी दुई दल ब्याक भएको चर्चा छ । कांग्रेस-एमाले ब्याक भएको चर्चाबीच उपसभामुख रानामगर संवैधानिक परिषद्को बैठकमा सहभागी भएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरिसकेका छन्।

संवैधानिक परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । त्यसैगरी सदस्यहरूमा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता, प्रतिनिधि सभाका उपसभामुख र प्रधानन्यायाधीश संवैधानिक रहने व्यवस्था छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ६ : ०५ बजे

महाशिवरात्रिपछि नागाबाबा र साधु-सन्तलाई पशुपतिनाथबाट बिदाइ

काठमाडौं– महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका

पूर्वसञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता 

चरीकोट– नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका

बङ्गलादेशका भावी प्रधानमन्त्री रहमान र सांसदहरूले लिए शपथ

एजेन्सी– बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मंगलबार संसद्को

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक

काठमाडौं– वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ

स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न मेथी 

काठमाडौं– मेथी स्वास्थ्यका लागि निकै लाभदायक र बहुगुणी खाद्यान्न हो