सत्ता साझेदार एमाले साना पार्टी सक्ने खेलमा लागेको छ : माधव नेपाल « Khabarhub

सत्ता साझेदार एमाले साना पार्टी सक्ने खेलमा लागेको छ : माधव नेपाल


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारको सत्ता साझेदार पार्टी एमाले साना पार्टी सक्ने खेलमा लागेको बताएका छन् । 

शुक्रबार नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको ‘सन्देश सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईतिहाइको दम्भमा संविधान संसोधन गरेर साना पार्टी सक्ने खेल आफूहरूलाई मान्य नहुने भन्दै यस्तो कार्य नगर्न एमालेलाई आग्रह गरे । 

उनले संविधान संसोधन गरेर साना पार्टी सक्ने एमाले उद्देश्य सफल हुन नदिन सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आग्रह गरे । अध्यक्ष नेपालले नेपालमा पहिलोचोटि समाजवादी कार्यक्रम ल्याउने काम एकीकृत समाजवादी पार्टीले गरेको समेत दावी गरेका छन् । 

कम्युनिष्ट पार्टी मध्ये आफ्नो पार्टीले नेपालमा पहिलो चोटी समाजवादी कार्यक्रम ल्याएको र जनताको सेवामा लाग्न, देशको माया गर्न, सेवा गर्न, विकास निर्माण गर्न, जनतालाई सुखी र खुसी राखेर काम गर्ने दिशामा लाग्न प्रेरित गरेको जिकिर गरे ।

सन्देश सभामा उपाध्यक्ष जगन्नाथ खतिवडा, पार्टीका केन्द्रीय सचिव बलदेव चौधरी संविधानसभा सदस्य दुर्गा परियार, केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, पूर्व कोशी प्रदेशसभा सदस्य सुनिता चौधरी लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ५४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको