निःशुल्क बाली उपचार शिविर सञ्चालन | Khabarhub Khabarhub

निःशुल्क बाली उपचार शिविर सञ्चालन


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बालीमा लागेका रोग तथा किरा नियन्त्रण गर्न जिल्लामा निःशुल्क घुम्ती बाली उपचार शिविर आयोजना हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ कार्यालय कञ्चनपुरले शिविरको आयोजना गर्न लागेको हो ।

परियोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख सञ्जु रिमाल उपाध्यायका अनुसार बालीनाली तथा फलफूलमा देखिएका रोग तथा किराको किसिमबारे जनाकारी लिन नमूना संकलन गरी निःशुल्क परीक्षण गरिने छ । शिविर भोलिदेखि यही भदौ ३१ गतेसम्म जिल्लाका चार ठाउँमा सञ्चालन गरिने उनले जानकारी दिए ।

भदौ ३० गते बेदकोट नगरपालिकाको सुडा, बेलडाँडी गाउँपालिकाको झिलमिला, भदौ ३१ गते कृष्णपुर नगरपालिकाको गुलरिया र भीमदत्त नगरपालिका–१० मा शिविर आयोजनामार्फत नमूना संकलन गरी निःशुल्क परीक्षण गरिने कार्यालय प्रमुख रिमालले बताए ।

‘शिविरमा कृषि विज्ञहरुले किसानले ल्याएका बिरुवाको परीक्षण गरी रोग तथा किरा नियन्त्रण गर्ने विधिबारे परामर्श दिनुहुनेछ’, उनले भने, ‘नमूनाका आधारमा रोग पहिचान गरी समाधानका उपायबारे जानकारी दिने कार्य गर्नेछौँ ।’

किसाले रोगकिराको सङ्क्रमण भएका बिरुवा, बीउ, जरा, फलको नमूना ल्याउँदा कागजको खाम, वट्टा वा प्लास्टिकको झोलामा ल्याउनुपर्ने छ ।

 यसैगरी, बोटमा असर गरेको भए पूरै बोट जरासहित उखेलेर ल्याउने र नमूना ल्याउँदा रोग लागेको र स्वास्थ्य भाग दुवै पर्ने गरी ल्याउन किसानलाई जानकारी गराइएको प्रमुख रिमालले बताए ।

शिविरबाट किसानले रोग तथा किराबारे जानकारी पाउनुका साथै नियन्त्रण गर्ने उपाय सिक्न सक्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १ : ५० बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति