निःशुल्क बाली उपचार शिविर सञ्चालन « Khabarhub

निःशुल्क बाली उपचार शिविर सञ्चालन


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बालीमा लागेका रोग तथा किरा नियन्त्रण गर्न जिल्लामा निःशुल्क घुम्ती बाली उपचार शिविर आयोजना हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ कार्यालय कञ्चनपुरले शिविरको आयोजना गर्न लागेको हो ।

परियोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख सञ्जु रिमाल उपाध्यायका अनुसार बालीनाली तथा फलफूलमा देखिएका रोग तथा किराको किसिमबारे जनाकारी लिन नमूना संकलन गरी निःशुल्क परीक्षण गरिने छ । शिविर भोलिदेखि यही भदौ ३१ गतेसम्म जिल्लाका चार ठाउँमा सञ्चालन गरिने उनले जानकारी दिए ।

भदौ ३० गते बेदकोट नगरपालिकाको सुडा, बेलडाँडी गाउँपालिकाको झिलमिला, भदौ ३१ गते कृष्णपुर नगरपालिकाको गुलरिया र भीमदत्त नगरपालिका–१० मा शिविर आयोजनामार्फत नमूना संकलन गरी निःशुल्क परीक्षण गरिने कार्यालय प्रमुख रिमालले बताए ।

‘शिविरमा कृषि विज्ञहरुले किसानले ल्याएका बिरुवाको परीक्षण गरी रोग तथा किरा नियन्त्रण गर्ने विधिबारे परामर्श दिनुहुनेछ’, उनले भने, ‘नमूनाका आधारमा रोग पहिचान गरी समाधानका उपायबारे जानकारी दिने कार्य गर्नेछौँ ।’

किसाले रोगकिराको सङ्क्रमण भएका बिरुवा, बीउ, जरा, फलको नमूना ल्याउँदा कागजको खाम, वट्टा वा प्लास्टिकको झोलामा ल्याउनुपर्ने छ ।

 यसैगरी, बोटमा असर गरेको भए पूरै बोट जरासहित उखेलेर ल्याउने र नमूना ल्याउँदा रोग लागेको र स्वास्थ्य भाग दुवै पर्ने गरी ल्याउन किसानलाई जानकारी गराइएको प्रमुख रिमालले बताए ।

शिविरबाट किसानले रोग तथा किराबारे जानकारी पाउनुका साथै नियन्त्रण गर्ने उपाय सिक्न सक्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १ : ५० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि