सहकारीबारे प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय छानबिन समिति « Khabarhub

सहकारीबारे प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय छानबिन समिति


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै छ । समितिले शनिबार ५ बजे प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेको हो । 

प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै प्रतिवेदनलाई पूर्णता दिने समितिको तयारी रहेको छ । समितिले यस अघि शुक्रबार मात्र गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगी गरेर फरार व्यक्तिहरूको खोजबिन बारे भएको प्रगति बारे जानकारी लिएको थियो । 

विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ ।

समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरूसँग बयान लिने काम सकिसकेको छ । गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ३ : १० बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६