काठमाडौंलाई हेर्न लायक सहर बनाउछौँ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

काठमाडौंलाई हेर्न लायक सहर बनाउछौँ : उपप्रधानमन्त्री सिंह


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई बस्न लायक सहर बनाउन सरकार लागि परेको बताएका छन् ।

कीर्तिपुरमा आज आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं प्रथम जिल्ला परिषद्लाई सन्देश दिँदै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि देशका दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले ट्रेड युनियन ध्यान अब मुलुकको स्रोत साधनलाई कसरी उच्चतम रुपमा उपयोग गर्ने र युवा शक्तिलाई देशकै श्रम बजारतर्फ कसरी अकर्षित गर्ने भन्नेमा जानुपर्ने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको ट्रेड युनियन विभाग प्रमुख हरिशरण नेपालीले ट्रेड युनियन बलियो भए मात्र कांग्रेस बलियो हुने बताए । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुँवरले मजदुर आन्दोलनले औपचारिक र अनौपचारिक दुवै क्षेत्र समेट्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ८ : ४६ बजे

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्

विकासोन्मुख देशहरूका लागि उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक

जनार्दनलाई प्रचण्डले भने- पुनर्विचार गरेर पार्टीमै फर्किनुस्

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी