नायिका हुनुभन्दा पहिले सपिङ गर्न चोर बजार जान्थिन् श्रद्धा | Khabarhub Khabarhub

नायिका हुनुभन्दा पहिले सपिङ गर्न चोर बजार जान्थिन् श्रद्धा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री श्रद्धा कपूरको फिल्म ‘बत्ती गुल मिटर चली’ ले खासै व्यापार राम्रो गर्न सकेन । तर, उनको फिल्म ‘स्त्री’ ले भने उनलाई थोरै राहत दियो ।

पछिल्लो समय उनी फिल्म ‘साहो’ का कारण चर्चामा छिन् । यो फिल्मबाट उनी निकै उत्साहित पनि छिन् । उनले प्रभाससँग फिल्म खेल्न पाउनुलाई मौकाका रुपमा हेरेकी छिन् ।

एक अन्तर्वार्ताका क्रममा उनले अभिनेत्री बन्नभन्दा पहिले आफूले चोर बजारमा जाने गरेकी बताइन् । अन्तर्वार्ता दिँदै उनले आफूले चोर बजार गएर सामान खरिद गर्ने गरेको बताइन् ।

‘म सामान किन्दा बार्गेनिङ गर्ने गर्छु, कलाकार हुनुभन्दा पहिले म चोर बजारमा गएर सामान किन्ने गर्थेँ,’ उनले भनिन् ।

साथै उनले सामाजिक सञ्जालमा खासै महत्त्व नदिने पनि बताइन् । उनले भनिन्, ‘यदि मैले सामाजिक सञ्जालमा नै समय दिएँ भने काम कतिबेला गरुँ?’

रिलिजका क्रममा रहेको फिल्म ‘साहो’ मा बाहुबली स्टार प्रभास र श्रद्धा कपूर एक्सन अवतारमा देखिनेछन् । फिल्ममा यी दुईको रोमान्स पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ५१ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ