हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु « Khabarhub

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

हाइटी– दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् भने केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले एएफपीसँग बताए ।

पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको सङ्ख्या २४ पुगेको हो । यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो ।

घाइतेहरूलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका लागि लगिएको छ भने छ जनालाई पोर्ट–ओ–प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको थियो।

अन्य १३ जनाको शरीरको ८० प्रतिशत भन्दा बढी जलेको कारण यातायात असम्भव भएकाले सेन्ट थेरेसी अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : १६ बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- राजनीतिक दललाई दोषि देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय