नेप्सेमा सूचीकृत कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना « Khabarhub

नेप्सेमा सूचीकृत कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन निर्देशन दिएको छ । आर्थिक वर्ष २०८१–०८२ को धितोपत्र शुल्क बुझाउनु बाँकी कम्पनीलाई नेप्सेले निर्देशन दिएको हो । तोकिएको समय नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने नेप्सेले जनाएको छ ।

नेप्सेको अनुसार ५० करोडसम्मको चुक्ता पुँजी भएको कम्पनीले ५० हजार रुपैयाँ  तोकेको छ भने ५० करोड भन्दा बढी चुक्ता पुँजी भएका कम्पले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ ।

त्यस्तै, ऋणपत्र-डिभेन्चर र सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को ५० करोड रुपैयाँ चुक्ता पुँजी भएकाले २५ हजार रुपैयाँ र ५० करोड भन्दा बढी पुँजी भएकाले ५० हजार रुपैयाँ नवीकरण शुल्क लाग्ने नेप्सेले जनाएको छ ।

उक्त शुल्क नेप्सेको ग्लोबल आईएमइ बैंक कमलादीमा भएको खातामा बुझाउनुपर्ने छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ५ : ०७ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण