कुमारी बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी « Khabarhub

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

भरतपुर महानगरपालिका-२ चितवन निवासी निज खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात् उनका श्रीमान् इन्द्र नारायण श्रेष्ठलाई बिमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको थियो ।

उक्त रकम कुमारी बैंक लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो । सानिमा जिआईसि इन्स्योरेनस लि.बाट बीमा दाबी रकम प्राप्त भएपश्चात् कुमारी बैंक मार्फत सो रकम भुक्तानी गरिएको थियो ।

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको  विज्ञप्तिमा उल्लेख गरीएकाे छ । बैंकका अनुसार यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् ।

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ५ : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना