नेपाल-चीन सम्बन्धबारे एकसाथ सुधीर शर्माका दुई पुस्तक « Khabarhub

नेपाल-चीन सम्बन्धबारे एकसाथ सुधीर शर्माका दुई पुस्तक


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’र ‘हिमालपारिको हुरी’ आइतबार काठमाडौंमा विमोचन गरिएको छ ।

काठमाडौंमा आइतबार आयोजना गरिएको एक कार्यक्रमबीच दुवै पुस्तक विमोचन गरिएको हो । विमोचनपछि विभिन्न वक्ताहरूले पुस्तकबारे विमर्श गरेका छन् ।

विमर्शमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, डा. लीला न्याइच्याई, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले लगायत सहभागी भए ।

शर्माले नेपाल चीन सम्बन्ध र विगतको नेपाल भोट (तिब्बत) सम्बन्धमा केन्द्रित रहेर यी पुस्तक लेखेका छन्।

शर्माले ‘हिमालपारिको हुरी’मा २०६३ सालको गणतन्त्रपछि फेरिएको नेपाल-चीन सम्बन्धबारे चर्चा गरेका छन् ।

‘भिक्षु, व्यापार र विद्रोह’मा नेपालको भोट र चीनसँगको सम्बन्धका इतिहास देखाउने कोसिस गरेका छन् । उनले यसअघि ‘प्रयोगशाला’ किताब लेखेका थिए ।

 

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ५ : ४४ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक