नेपाल-चीन सम्बन्धबारे एकसाथ सुधीर शर्माका दुई पुस्तक « Khabarhub

नेपाल-चीन सम्बन्धबारे एकसाथ सुधीर शर्माका दुई पुस्तक


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’र ‘हिमालपारिको हुरी’ आइतबार काठमाडौंमा विमोचन गरिएको छ ।

काठमाडौंमा आइतबार आयोजना गरिएको एक कार्यक्रमबीच दुवै पुस्तक विमोचन गरिएको हो । विमोचनपछि विभिन्न वक्ताहरूले पुस्तकबारे विमर्श गरेका छन् ।

विमर्शमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, डा. लीला न्याइच्याई, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले लगायत सहभागी भए ।

शर्माले नेपाल चीन सम्बन्ध र विगतको नेपाल भोट (तिब्बत) सम्बन्धमा केन्द्रित रहेर यी पुस्तक लेखेका छन्।

शर्माले ‘हिमालपारिको हुरी’मा २०६३ सालको गणतन्त्रपछि फेरिएको नेपाल-चीन सम्बन्धबारे चर्चा गरेका छन् ।

‘भिक्षु, व्यापार र विद्रोह’मा नेपालको भोट र चीनसँगको सम्बन्धका इतिहास देखाउने कोसिस गरेका छन् । उनले यसअघि ‘प्रयोगशाला’ किताब लेखेका थिए ।

 

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ५ : ४४ बजे

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६