प्रचण्ड भन्छन्- सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैन   | Khabarhub Khabarhub

प्रचण्ड भन्छन्- सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैन  


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन्  ।

माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए। ‘नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन’, अध्यक्ष दाहालले भने ।

उनले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राखे  ।

कार्यक्रममा पुराना कम्युनिष्ट नेता झापा बिर्तामोडका लोकबन्धु कन्दङवासहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका जनाइएको छ । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष छन् ।

कार्यक्रममा पार्टी अध्यक्ष दाहालसहित उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ६ : २८ बजे

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र

कुमारी घरको छानो जीर्णोद्धार गर्न एक करोड २५ लाख

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु

आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौं– विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित