नचाउँदै यसरी निकालियो मजिपाः लाखे (तस्बिरहरू) « Khabarhub

नचाउँदै यसरी निकालियो मजिपाः लाखे (तस्बिरहरू)



काठमाडौं – इन्द्रजात्राको सुरुवातसँगै नेवार समुदायमा अनेक चाडपर्व पनि आएका छन् । आइतबार काठमाडौंको वसन्तपुर नजिकैको मजिपा: (मजिपात) स्थित लाखेननीबाट लाखे निकालिएको छ ।

धा: बाजा र भुस्या बजाउँदै उक्त चोकस्थित लाखे घरबाट लाखे निकालिएको हो । ‘लाखे छें’ (लाखे घर ) ‘लाखे आजु’लाई निकालिएको हो ।

‘लाखे छें’भित्रबाट विधिपूर्वक लाखे नाय: (नाइके) सहितले लाखेको ख्वापा (मुकुन्डो) लगाइदिएर निकालेका हुन् ।

तासले बनेको विशेष लुगा, जामा, चोलो, फिट्टा, जनी:, घङ्ला, हातमा रुमाल लगाएर लाखे जात्रा थालिएको हो । हेर्दा भयंकर देखिने लाखेको ख्वापा (मुकुण्डो) लगाइदिइसकेपछि ‘दु दुम झ्या’ तालमा बजा बजाउँदै परिक्रमा गराइएको छ ।

तयार भइसकेका ‘लाखे छें’को उक् लाखे घरबाट बाहिर निस्किँदै गर्दा धा: बाजा र भुस्या बजाइन्छ । त्यसपछि लाखे आजु हात हल्लाउँदै नाच्न थाल्छन् ।

मजिपाः लाखेलाई राक्षसको डरलाग्दो स्वरुपपछाडि लुकेको शान्त देवताका रुपमा पनि चित्रित गर्ने गरिएको छ । मजिपा: लाखेलाई शान्त भैरवको स्वरुपमा रुपमा पनि ब्याख्या गरिएको छ ।

इन्द्रजात्राको अवसरमा निकालिने नाचमध्ये ‘मजिपाः लाखे’ प्रमुखत: रञ्जितहरूको मौलिक नाच हो। पौराणिक कथनमा लाखेलाई एक दानवका रुपमा चित्रित गरिए पनि नेवार समुदायमा यसलाई शक्तिशाली देवता मानेर पुजिन्छ ।

लाखेले आफ्नो दानव आचरण त्यागेर बालबालिकाको रक्षाको जिम्मेवारी लिएकाले नेवार समुदायमा लाखेलाई शक्तिशाली संरक्षक मानेर पूजा गरिन्छ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : ४७ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन