आजका समाचार : उपसभामुखमा एमालेको बोली फेरियो, संसद् अधिवेशन अन्त्य गरिँदै ,मंसिर १६ गते उपनिर्वाचनको तयारी | Khabarhub Khabarhub

आजका समाचार : उपसभामुखमा एमालेको बोली फेरियो, संसद् अधिवेशन अन्त्य गरिँदै ,मंसिर १६ गते उपनिर्वाचनको तयारी


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड दिए ।

डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दैछु : प्रधानमन्त्री ओली

आयोगद्वारा मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न सरकारसँग परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेका छन् ।

आइतबार भएको भेटमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका हुन् ।

अर्थमन्त्रीले मागे बहुवर्षीय स्रोत सहमतिको विवरण, विकासे मन्त्रालयका सचिवलाई ताकेता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासे विषयगत मन्त्रालयका सचिवहरूसँग बहुवर्षीय स्रोत सहमतिको विवरण माग गरेका छन् ।

आज (आइतबार) अर्थ मन्त्रालयमै डाकेर अर्थमन्त्री पौडेलले सचिवहरूलाई विवरण उपलब्ध गराउन ताकेता गरेका हुन् । बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन भनिएको मन्त्री पौडेलको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भाद्र ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नेगरि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

उपसभामुख रानाबारे एमालेले फेर्‍यो बोली, हटाउन नखोजेको दाबी

प्रमुख सत्तारुढ नेकपा (एमाले) प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको वा हटाउन खोजिएको कुरामा सत्यता नभएको जिकिर गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तारुढ दलहरूले उपसभामुख रानाको राजीनामा नमागेको बताएका छन् ।

बालेन्द्रविरुद्ध लागेको भन्दै कांग्रेस सांसद भण्डारीले गरे प्रधानमन्त्रीको आलोचना

नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति र व्यवहारले देशमा कायम सद्‍भाव बिगार्ने काम गरिरहेको आरोप उनले लगाएका छन् ।

भीम रावलको भेलामा खुलेर जान थाले एमाले कार्यकर्ता, पार्टी नछाड्न दबाब

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले सुदूरपश्चिममा छलफल र अन्तरक्रियालाई तीव्र बनाएका छन् । केही अघिसम्म गृह जिल्ला अछाममा मात्रै केन्द्रित उनी अहिले सुदूरपश्चिमका अन्य जिल्लामा पुग्न थालेका छन् ।

रावल जिल्ला जिल्ला पुग्न थालेपछि उनका कुरा सुन्न एमाले कार्यकर्ताले चासो दिन थालेका छन् । हाल कैलाली रहेका रावलले टीकापुर, लम्कीचुहा, बर्दगोरिया, अत्तरिया क्षेत्रमा भेला र छलफल गरेका छन् ।

प्रचण्ड भन्छन्- सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन् ।

माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए। ‘नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन’, अध्यक्ष दाहालले भने ।

माओवादीप्रति जनताको आकर्षण बढेको छ : वर्षमान पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादी जनताको बीचमा थप स्थापित हुँदै गएको र आकर्षण बढेको बताए ।

माओवादीले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक स्थगित

‘हिंसा’ शब्दलाई लिएर दलहरूबीच चर्किएको विवादको समाधान ननिस्किँदा प्रतिनिधिसभाको आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

संसद्‍मा देखिएको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा पनि सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेसम्मलाई सूचना टाँसेर स्थगित गरिएको हो ।

राष्ट्रियसभामा सांसद्काे प्रश्न- हवाईसम्बन्धी विधेयक कहिले आउँछ ?

राष्ट्रयसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिएकी छन् ।

आजको बैठकको शून्य समयमा सांसद दाहालले राष्ट्रियसभाले २०७८ साउन १८ गते छलफल गरी प्रतिनिधिसभामा उक्त दुई विधेयक

पठाएको जानकारी गराउँदै प्रतिनिधिसभाको अघिल्लो समयावधि सकिएकाले ती विधेयक शून्यमा गएको भन्दै चिन्ता व्यक्त गरिन् ।

मुकुलको जिकिर- रविले सहकारीबाट ९५ करोड ठगेको प्रमाण मसँग छ

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेले सहकारीबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेट्वर्कमा लगेको आरोप लगाएका छन् ।

आइतबार सामाजिक सञ्जालमा फेसबुकमा लामो धारणा सार्वजनिक गर्दै उनले ‘स्वेट शेयर’को कानुन छैन भनेर लामिछानेले हल्ला फैलाएको आरोप पनि लगाए ।

काठमाडौंमा दिउँसोदेखि साँझसम्म जामैजाम (तस्बिरहरू)

काठमाडौंको मुख्य क्षेत्र आइतबार दिउँसोदेखि रातिसम्मै ट्राफिक जामले अस्तब्यस्त बनेको छ ।

नेपाल वायुसेवा निगम, भद्रकाली र जमल क्षेत्रमा आइतबार दिउँसोदेखि साँझसम्म लामो सवारी जाम भएको हो ।इन्द्रजात्राको सुरुवातसँगै नेवार समुदायका चाडपर्वको आगामनले नयाँसडक, वीर अस्पताल र अशन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिँदा लामो जाम परेको हो ।

नेवानिको कार्यालय, भद्रकाली र जमल क्षेत्रमा हरेक साँझ ट्राफिक जाम हुने गरेको छ । तर आइतबार इन्द्रजात्रा शुरु भएसँगै जाम झनै लम्बिएको हो ।

अर्थसंक्षेप : ५० अंकले घट्यो नेप्से, यो दशैंलाई छैन नयाँ नोट

अन्तर्राष्ट्रिय…

कोलकोता बलात्कार प्रकरण : मेडिकल कलेजका पूर्व प्रमुख र प्रहरी इन्चार्ज प्रक्राउ

म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

जेलबाट छुटेका केजरीवालको घोषणा- दुई दिनभित्र राजीनामा दिएर जनतामा जान्छु

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

भेनेजुएलामा अमेरिकीसहित ६ जना विदेशी गिरफ्तार

बाढी र पहिरोले आक्रान्त पूर्वी युरोप

खेलकुद…

पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान

पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई आज पोखरामा नगदसहित सम्मान गरिएको छ ।

नेपाल तेक्वान्दो सङ्घले आइतबार पोखरा सभागृहमा आयोजना गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसलाई एक लाख ५० हजार रुपैयाँ, पोखरा महानगरपालिकाले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ तथा नेपाल तेक्वान्दो सङ्घ कास्कीले५० हजार पाँच सय रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

दुई पेनाल्टी गोलमा रियलको जित

प्रिमियर लिग : ठुला शक्तिको संघर्ष

रोनाल्डोले गुमाए एएफसी च्याम्पियन्स लिगको खेल

 

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ८ : १५ बजे

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौं– खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा

आजका समाचार :  परराष्ट्रसहित शीतल निवासमा प्रधानमन्त्री, दशैँमा पनि पानी पर्ने र माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा 

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ राष्ट्रपति रामचन्द्र पौडेल

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक

५९ पालिका संकटग्रस्त : क्याबिनेटको निर्णय गुपचुप

काठमाडौं– सरकारले असोज दोस्रो साता परेको अविरल वर्षापछि गएको बाढीपहिरो

महानगरको बजार अनुगमन : २२ वटा पसलमा भेटिए म्याद गुज्रिएका सामान

काठमाडौं– काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिनमा १३० वटा