सुधीर शर्माका दुई किताब : तीन नेताको ‘क्रिटिक्स’ | Khabarhub Khabarhub

सुधीर शर्माका दुई किताब : तीन नेताको ‘क्रिटिक्स’


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार सुधीर शर्माले एकैसाथ दुईवटा किताब प्रकाशित गरेर कमालै गरे । त्योभन्दा अर्को कमाल आइतबार उनको पुस्तक विमोचान कार्यक्रममा देखियो ।

दरबारमार्गस्थित पाँचतारे याक एण्ड यती होटलको विशाल हलमा आयोजना गरिएको विमोचन कार्यक्रम उपस्थितिको हिसाबले सानोतिनो आमसभा भन्दा कम थिएन । काठमाडौंको वौद्धिक वर्ग पूरै खनिएर पुस्तकमाथिको समीक्षा सुन्न होटलमा जम्मा भएको प्रतीत हुन्थ्यो ।

पत्रकार शर्माले ‘प्रयोगशाला’पछि लेखेका दुई पुस्तक हुन्– ‘भिक्षु व्यापार र विद्रोह’ अनि ‘हिमालपारिको हुरी’ ।

पुस्तकको विमोचन ज्येष्ठ नागरिक पञ्चवीरसिंह तुलाधर र मोतिलक्ष्मी शाक्यबाट गरिनु अर्को नयाँ प्रयोग रह्यो । दुबैजना पुस्तकका जीवित पात्र एवं तिब्बतको व्यापारसँग जोडिएका ऐतिहासिक व्यक्तिहरु रहेको लेखक शर्माले कार्यक्रममा जानकारी दिए ।

त्रिवि अन्तरष्ट्रिय सम्बन्ध विभागमा अध्यापनरत विनिता नेपालीले सञ्चालन गरेको कार्यक्रममा चीन मामिलाकी विज्ञ डा. लीला न्याइँच्याईले पत्रकार शर्मालाई पत्रकारिताबाट इतिहासका लेखकका रुपमा संक्रमण हुने चरणमा रहेको संज्ञा दिइन् । उनले शर्माका पुस्तकको मुक्तकण्ठले प्रशंसा गरिन् ।

पुस्तकमाथि समीक्षा गर्ने वक्ताहरुले शर्माको लेखनीको उच्च प्रशंशा गरे । यही प्रशंशाकै वीचमा उनीहरुले पुस्तकका केही कमजोरी पनि औंल्याए ।
कार्यक्रममा बोलेका तीनजना वक्ताले नेपाल चीन मामिलामा अहिलेसम्मकै उत्कृष्ट किताब आएको भनेर प्रशंशा गर्दागर्दै पनि सामान्य क्रिटिक्स (आलोचना) पनि गर्न छुटाएनन् ।

शर्माको पुस्तकमा वक्तहरुले औंल्याएका केही कमजोरीहरु यस्ता छन्–

काठमाडौंको मात्रै कुरा आयो, खस साम्राज्यको आएन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले शर्माका दुबै पुस्तक नेपाल–चीन सम्बन्धबारे जान्नका लागि अहिलेसम्मकै उत्कृष्ठ रहेको बताए । तर, पुस्तकमा काठमाडौंको नेवारी सभ्यता र चीन तिब्बत सम्बन्धबारे जति चर्चा गरिएको छ, देशका अन्य भागका तत्कालनि राज्यहरुसँगको सम्बन्धबारे चर्चा छुटेको टिप्पणी गरे ।

एमाले महासचिव पोखरेलको टिप्पणी यस्तो थियो–

काठमाडौंलाई केन्द्रित गरेर उहाँले सम्बन्धलाई परिभाषित गर्न खोज्नुभएको छ । नेपाल–चीन सम्बन्धको अर्को आयामका रुपमा व्यापारका सन्दर्भमा खस साम्राज्य चीनसँग अत्यन्त निकट थियो । खास गरी भन्ने हो भने व्यापारका दृष्टिकोणले काठमाडौंले जत्तिको अर्थ राख्छ, खस साम्राज्यले त्योभन्दा ज्यादा गहिरो अर्थ राख्छ भन्ने म ठान्दछु ।

यद्यपि, हामीकहाँ खस साम्राज्यलाई आधार बनाएर अध्ययन गर्ने परम्परा कमजोर छ । भविष्यमा सुधीरजीबाट म त्यो अपेक्षा गर्दछु । खस साम्राज्यलाई आधार बनाएर चीन–नेपाल सम्बन्धलाई नयाँ आयामबाट अध्ययन गर्न सक्छौँ र हाम्रो इतिहासलाई समृद्ध बनाउन सक्दछौँ भन्ने म ठान्दछु ।

भोटसँगको हाम्रो नाता, तिब्बतसँगको हाम्रो नाता कति गहिरो छ भन्ने कुरा उहाँको लेखनले उजागर गर्दछ । चीनको तिब्बतसँगको नाता, नेपालको तिब्बतसँगको तुलना गर्न कठिन लाग्छ ।

त्यति गहिरो सम्बन्ध तिब्बत र नेपालको बीचमा, तिब्बत र चीनको बीचमा छ । हाम्रो इतिहासका तथ्यहरूलाई जसरी उहाँले केलाउनु भएको छ, यसले हाम्रो भोटसँगको नाता त्यति गहिरो छ भन्ने तथ्यहरूले उजागर गर्दछ भन्ने लाग्छ । यो कितावको महत्वपूर्ण पक्षका रुपमा मैले लिएको छु ।

काठमाडौं उपत्यकाको समृद्धिको आधार तिब्बतको व्यापार हो र तिब्बतसँग व्यापारमा उतार–चढाव हुँदा काठमाडौंको समृद्धिमा उतार चढाव हुन्छ भन्ने विश्लेषण एउटा महत्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ ।

गगन थापाको प्रश्न : दरबार हत्याकाण्डबारे चिनियाँकोे बुझाइ के हो ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि शर्माको पुस्तकमा राजा महेन्द्र र माओको विषयमा उल्लेख हुँदा वीपी पनि जोडेको भए राम्रो हुने टिप्पणी गरे ।

शर्माले पुस्तकमा दरबार हत्याकाण्डबारे चर्चा गर्दा जोडेको चीनको प्रशंगमाथि पनि प्रश्न उठाए । पुस्तकले यो विषयलाई बहसमा ल्याएको थापाको टिप्पणी छ ।

थापाले भने, ‘चिनियाँहरुले दरबार हत्याकाण्डलाई स्वाभाविक मान्दै मानेनन्, मान्नै सकेनन् । तर, दरबार हत्याकाण्ड हुनुको एउटा महत्वपूर्ण कारण भनेको हामीसँगको सम्बन्ध थियो है भन्ने चिनियाँहरुले बुझे भनेर शर्माले त्यहीँ छाडिदिनुभएको छ, जसमा पुस्तक आइसकेपछि राम्रै बहस र छलफल हुन्छ होला भन्ने लाग्छ ।

राजा महेन्द्रले ‘कूटनीतिक बुद्धिमत्ता’ राखेको भन्ने विषयमा पनि त्यो कूटनीतिक बुद्धिमत्ता के हो भन्नेबारे पनि बहसको आवश्यकता थापाले औंल्याए । महेन्द्रले अपनाएको कूटनीतिक तरिकाले अगाडि बढ्न उचित हुन्छ कि हुँदैन ? कांग्रेस महामन्त्री थापाले यसमा प्रश्न उठाए । यसबारेमा छलफल गरिनुपर्ने थापाको भनाइ छ ।

विगतलाई धेरै देवत्वकरण नगरौं : डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले शर्माको पुस्तक पठनीय भएको बताए । तर, इतिहासलाई देवत्करण गर्न नहुने भन्दै वाग्लेले सचेत पनि गराए ।

‘खाली पछाडिमात्रै हेर्न भएन । ५०० वर्ष अगाडि यस्तो थियो, सय वर्ष अगाडि यस्तो थियो भनेर विगतलाई देवत्वकरण नगरौं’ वाग्लेले भने, ‘अब के त ? अब पनि त चुनौतीहरू आउँदै छन् । नेपाल आफैं ‘प्याच अप’ को दौरानमा छ । चाइना आफैं संकटमा पुगेको छ ।’

उनले अगाडि भने, ‘लिच्छविकाल स्वर्ण युगजस्तै थियो, बीचमा खत्तम भयो, अहिले झूर भयो भन्ने छ नि, यसमा अलिकति प्रस्पेक्टिभ चाहिँ चाहिन्छ । सय वर्षको दौरानमा तिब्बतमा सयवटा जति कोठी (पसल) हरु हुनु भनेको सामान्य हो ।’

वाग्लेले थपे, ‘चार हजार साहुजी त यही दरबारमार्गमा छन् । भनेपछि, आजको आँखाबाट हेर्दाखेरि त्यो सानो स्केल नै हो । ल्हासासँगको व्यापारको वैभवले काठमाडौं बनेको हो भन्ने कुरा पनि… (प्रश्नयोग्य छ) । त्यसैले यसलाई धेरै ग्लोरिफाई चाहिँ गर्न हुन्न भन्ने मेरो मत छ ।’

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ११ : ३९ बजे

निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई

प्रधानमन्त्री ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज बैंककमा भेटवार्ता

काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास

याक्थुङ लिम्बू जातिको मुन्धुम, चो?लुङ प्राप्ति

सुसुवा लिलिम याक्थुङयाक्थुङ लिम्बूहरूको अध्यात्मिक ज्ञानलाई मुन्धुम भनिन्छ । याक्थुङ

डढेलो लाग्न नदिन उच्च सतर्कता

कञ्चनपुर– वनमा डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च