कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने | Khabarhub Khabarhub

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थनमा फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले गत भदौ १४ गते सरकारको समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरीएको थियो ।

सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोश्रो पटक लिन लागेको विश्वासको मत लिन लागेका हुन्।

९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक कांग्रेसका २९ सांसद छन् ।

कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ०६ बजे

आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (कीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति

कालीगण्डकी करिडोर : राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र

म्याग्दी– बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको

भारतमा नेपाली छात्राको मृत्युको छानबिनका लागि पराष्ट्रमन्त्रीको कूटनीतिक पहल

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा

इन्द्रबहादुरले ३६ वर्षमा पाए नागरिकता

खोटाङ– ‘तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको

मुटुरोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित

दमौली–  शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबार