बारामा बस दुर्घटना : एक जनाको मृत्यु, ४२ घाईते « Khabarhub

बारामा बस दुर्घटना : एक जनाको मृत्यु, ४२ घाईते


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रौतहट– पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ४२ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको प्रहरीले जनाएको छ । 

घाईते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । काँकडभिट्टाबाट दाङको लागि गएराति १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए। घाइतेहरूको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ ।

प्रसुती गृहमा उपचाररत मध्ये  छ जना र सि.टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुश्वाहाले बताएका छन् ।

 उक्त बसको अगाडिको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : १९ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक