विश्वविद्यालयमा मुन्दुम पढाइ हुने | Khabarhub Khabarhub

विश्वविद्यालयमा मुन्दुम पढाइ हुने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किराँतहरुको जीवन र जगतको दर्शन ‘मुन्दुम’ त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा पठनपाठन हुने भएको छ ।

मुन्दुम विश्वविद्यालयको शिक्षाशास्त्र संकायको एमएड (मास्टर्स इन एजुकेसन) र स्नातकोत्तर तहमा दर्शनशास्त्र विषय अन्तरगत पठनपाठन हुने भएको हो ।

किराँत मुन्दुम दर्शनशास्त्र अनुशन्धान तथा अभिलेखिकरण समितिले संकलन गरेपछि किराँत राई चाम्लिङ खाम्बातिमले प्रकाशन गरेको मुन्दुमको अध्यापन गरिने विश्वविद्यालयले जनाएको छ ।

मुलत मौखिक रुपमा अभ्यास र प्रयोग हुँदै आएकोले मुन्दुमलाई ‘थुतुरे वेद’ पनि भन्ने गरिन्छ । त्यसैले पनि सबै किराँतहरुको मुन्दुम ग्रन्थ लिखित रुपमा उपलब्ध हुन सकेको छैन ।

दर्शनशास्त्र अन्तरगत पठनपाठन हुनेमा ‘मुन्दुमः सृष्टिकथा’ (पहिलो भाग), ‘मुन्दुमः होसुङ (संस्कार)’ र इमानसिंह चेम्जोङद्वारा सम्पादित ‘मुन्दुम खाहुन’ (शिक्षा) रहेका छन् । किराँत भन्नाले विशेष गरि मुलरुपमा राई, लिम्बु, याख्खा र सुनुवार पर्छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : ०३ बजे

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले