हवाई सेवासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगिसक्यो : मन्त्री पाण्डे « Khabarhub

हवाई सेवासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगिसक्यो : मन्त्री पाण्डे


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा  नियामक र सेवा प्रदायक निकायलाई छुट्टाउने गरी बनेको विधेयक मन्त्रीपरिषद्मा  पेश भइसकेको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानिबिन समितिको प्रस्ताव मन्त्रिपरिषदमा प्रवेश भइसकेको बताएका हुन् ।

उनले भने, ‘हालसम्म भएका विमान दुर्घटनाको विषय क्याबिनेटमा पुगिसकेको छ । उच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्दै छ ।’

यसै गरी उनले हवाई उड्डयनमा  नियामक र सेवा प्रदायक निकायलाई छुट्टाउने गरी बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगिसकेको बताए ।

साथै उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तर मन्त्रालय स्तरमा काम भइरहेको जानकारी गराए । उनले अहिले प्रस्तावित छानिबन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने जानकारी गराए ।

उनले अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमासमेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भइसकेको बताए ।

मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको बताएका छन् ।

विट सम्बद्ध पत्रकारहरूसँग आवश्यक सूचना प्रदान गर्ने कुरामा कुनै कमजोरी नरहने समेत विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ४९ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि