पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावितका लागि २६ करोड डलर सहायता घोषणा « Khabarhub

पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावितका लागि २६ करोड डलर सहायता घोषणा


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रधानमन्त्री डोनाल्ड टस्कले सोमबार पोल्याण्डमा बोरिस आँधीबाट प्रभावित मानिसहरूका लागि करोडौँ डलरको सहयोग घोषणा गरेका छन् । मुलुकमा मुसलधारे वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

बिहीबारदेखि अस्ट्रिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकियाका धेरै क्षेत्र तीव्र हावा र असामान्य रूपमा मुसलधारे वर्षाले प्रभावित भएका छन् । 

‘अहिले हामीले बाढीबाट प्रभावित स्थान र मानिसहरूका लागि एक अर्ब ज्लाटी (२६ करोड डलर) को कोष सुनिश्चित गरेका छौँ’, प्रधानमन्त्री टस्कले पत्रकारहरूसँग भने, ‘आजदेखि बाढीबाट प्रभावित जो कोही र बाढी, भत्किएका भवनहरू, बाढीले बगाएका ग्यारेज, हराएका कारहरू, बाढीसम्बद्ध क्षतिका लागि सजिलै पैसा दाबी गर्न सक्नेछन् ।’

प्रहरीले सोमबार अद्यावधिक गरेको आँकडाअनुसार पोल्यान्डमा आँधीबाट चार जनाको मृत्यु भएको छ ।

‘प्रकोपबाट प्रभावित क्षेत्रमा चार जनाको मृत्यु भएको छ’, पोलिश प्रहरी प्रवक्ता कटारजिना नोभाकले भने। यद्यपि उहाँले मृत्युको सही कारण अझै स्पष्ट गर्न आवश्यक रहेको बताए। 

बोरिस आँधीका कारण मध्य र पूर्वी युरोपमा मुसलधारे वर्षा र बाढी आउँदा १४ जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । साथै लाखौँ मानिसलाई उनीहरूको घरबाट स्थानान्तरण गरिएको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ७ : १२ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट