मलेसियाविरुद्धको खेलमा विमललाई अग्रपंक्तिको जिम्मा « Khabarhub

मलेसियाविरुद्धको खेलमा विमललाई अग्रपंक्तिको जिम्मा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मलेसियन क्लब जोहार दारुल टाजिमविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्लेइङ–११ सार्वजनिक भएको छ । आज राति पौने ९ बजे शुरु हुने खेलमा नेपालले मलेसियन क्लबको सामना गर्दैछ ।

मलेसियको सुपरु लिग च्याम्पियन दारुलविरुद्धको खेलमा नेपालको अग्रपङ्ती स्टाइकर विमल घर्तिमगरले सम्हाल्नेछन् । यस्तै, पहिलो रोजाईका गोलकिपर किरण चेमजोङ टिममा नहुँदा विकेश कुथुले गोलकिपरको जिम्मा पाएका छन् ।

यस्तै टोलीमा सुजल श्रेष्ठ, सन्तोष तामाङ, विक्रम लामा, बिशाल राई र रवि पासवान छन् । यस्तै सुमन अर्याल, देबेन्द्र तामाङ, अनन्त तामाङ र अजित भण्डारी प्लेइङ–११ मा समावेश छन् । विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालले मलेसियन लिग च्याम्पियन क्लब डारुल टाजिमविरुद्ध खेल्न लागेको हो ।

टोलीको कप्तानी सुजल श्रेष्ठले गर्दैछन् । नियमित कप्तान विराज महर्जन र उप–कप्तान किरण चेमजोङ टिम बाहिर भएका कारण सुजललाई कप्तानीको जिम्मेबारी दिएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : २५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी