यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना « Khabarhub

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभावका साथै पश्चिम बङ्गाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ ।

अहिले देशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : १८ बजे

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा

कसरी चिन्ने फेक आइडी ?

काठमाडौं- एउटा भनाइ छ- ‘गलत सूचना पाउनुभन्दा सूचना नपाउनु नै

रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ