रवि लामिछाने ५ लाख धरौटीमा रिहा | Khabarhub Khabarhub

रवि लामिछाने ५ लाख धरौटीमा रिहा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने धरौटीमा छुटेका छन् । जिल्ला अदालत चितवनले रविलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

रविसँगै पुडासैनी प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेललाई ३ लाख धरौटीमा र नर्स अस्मिता भनिने रुकु कार्कीलाई तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश जारी गरेको छ ।

धरौटी तिरेर रिहा भएपनि रविले अदालतको अनुमति बिना देश छाडेर बाहिर जान पाउने छैनन् । अदालतले नेपालभन्दा बाहिर जान रविलाई अदालतसँग अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरेको छ ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको नारायणगढस्थित होटेल कंगारुमा मृत फेला परेका थिए । प्रहरीका अनुसार पुडासैनीले आत्महत्या गरेका थिए ।

पुडासैनीको शवसँगै फेला परेको उनको मोबाइलमा भेटिएको भिडियोसहित अन्य प्रमाणका आधारमा प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

अदालतले तीनै जनामाथि अनुसन्धान गर्न ५–५ दिनका लागि २ पटक गरी १० दिनका लागि म्याद थप गरेको थियो । अनुसन्धानका लागि थपिएको म्याद सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यानसम्बन्धी कसुर समेत गरेको अभियोग लगाएको थियो । सरकारी वकिल कार्यालयले तीनैजनालाई मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा (२) बमोजिम ५ वर्ष जेल र ५० हजार जरिवानाको सजाय मागदाबी गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : १४ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा