रवि लामिछाने ५ लाख धरौटीमा रिहा « Khabarhub

रवि लामिछाने ५ लाख धरौटीमा रिहा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने धरौटीमा छुटेका छन् । जिल्ला अदालत चितवनले रविलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

रविसँगै पुडासैनी प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेललाई ३ लाख धरौटीमा र नर्स अस्मिता भनिने रुकु कार्कीलाई तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश जारी गरेको छ ।

धरौटी तिरेर रिहा भएपनि रविले अदालतको अनुमति बिना देश छाडेर बाहिर जान पाउने छैनन् । अदालतले नेपालभन्दा बाहिर जान रविलाई अदालतसँग अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरेको छ ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको नारायणगढस्थित होटेल कंगारुमा मृत फेला परेका थिए । प्रहरीका अनुसार पुडासैनीले आत्महत्या गरेका थिए ।

पुडासैनीको शवसँगै फेला परेको उनको मोबाइलमा भेटिएको भिडियोसहित अन्य प्रमाणका आधारमा प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

अदालतले तीनै जनामाथि अनुसन्धान गर्न ५–५ दिनका लागि २ पटक गरी १० दिनका लागि म्याद थप गरेको थियो । अनुसन्धानका लागि थपिएको म्याद सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यानसम्बन्धी कसुर समेत गरेको अभियोग लगाएको थियो । सरकारी वकिल कार्यालयले तीनैजनालाई मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा (२) बमोजिम ५ वर्ष जेल र ५० हजार जरिवानाको सजाय मागदाबी गरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : १४ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज