रवि लामिछानेसहित तीनै जनाको सम्पत्ति खोज्न बैंकलाई परिपत्र « Khabarhub

रवि लामिछानेसहित तीनै जनाको सम्पत्ति खोज्न बैंकलाई परिपत्र


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको बैंक खाता खोज्न भन्दै प्रहरीले राष्ट्र बैंकलाई परिपत्र गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ । अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।’

आत्महत्या गर्नुअघि पुडासैनीले बनाएको भिडियोमा अकुत सम्पत्ति कमाएको भन्ने आरोप लागेपछि प्रहरीले तीनै जनाको बैंक स्टेटमेन्ट माग गरेको हो। अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट गएको एसपी दीपक रेग्मीको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत बैंक खाता विवरण माग गर्दै राष्ट्र बैंकलाई पत्र लेखेको हो।

सोही भिडियोको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो। तीनै जना हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : ५५ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज