एन्फा महिला लिग : एपीएफसँग संकटा ३-० गोल अन्तरले पराजित | Khabarhub Khabarhub

एन्फा महिला लिग : एपीएफसँग संकटा ३-० गोल अन्तरले पराजित


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौंमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । 

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

एपिएफलाई जित दिलाउन सरु लिम्वुले खेलको १३ औ मिनेट, अनिता केसीले ५० र सविता राना मगरले खेलको ६४ औं मिनेटमा गोल गरेकी थिइन् । जितसँगै ६ खेलमा १६ अंक जोड्दै एपिएफ तालिको शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट संकटाकोअंक रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : ४१ बजे

टुँडिखेलमा उँधौली साकेला (तस्बिरहरू)

काठमाडौं – प्रकृति पुजारी भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला 

घनगढी – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली

एनपीएल : दीपेन्द्रले जिते कार, ललितलाई बाइक 

काठमाडौं– नेपाल प्रिमियर लिगको यस संस्करणको उत्कृष्ट खेलाडी बनेका दीपेन्द्रसिंह

एनपीएल : विजेता जनकपुरलाई एक करोड १० लाख पुरस्कार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि विजेता टोली

हारपछि दीपेन्द्रले भने– बलिङमा राम्रो गर्न सकेनौँ 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्ससँग हारेपछि सुदूरपश्चिम