रविलक्षित विश्वप्रकाश शर्माको टिप्पणी- प्रतिवेदनले ‘क्लियर चिट’ किटान गरेको छ « Khabarhub

रविलक्षित विश्वप्रकाश शर्माको टिप्पणी- प्रतिवेदनले ‘क्लियर चिट’ किटान गरेको छ


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस देखाउन सुझाएका छन् । 

रास्वपाको पहिलो राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिँदै उनले सभापति लामिछानेलाई ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस देखाउन सुझाएका हुन् । 

‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव– पहिलो, कतिपय असन्तुष्टिको माहौलमा ‘स्वतन्त्र’ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग ‘क्यास’ गर्न ‘स्वतन्त्र’ नाम रोज्नुभो, एउटा आकार बनाउनुभो,’ शर्माले एक्स (ट्विटर) लेखेका छन्, ‘अब ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस राख्नोस् । शुभकामना ।’

महामन्त्री शर्माले सभापति लामिछानेलाई संसदीय छानबिन समितिले प्रतिनिधिसभा बैठकमा पेस गरेको सहकारीको रकम हिनामिनाको प्रतिवेदनमा गरिएको सिफारिसबारे भ्रम  नछर्न पनि भनेका छन् । 

‘दोस्रो, क्लिन चिट कि ‘क्लियर चिट’ ? स्पष्ट हुनोस् । ‘प्रचलित कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ,’ शर्माले लेखेका छन्, ‘ बरु ‘क्लियर चिट’ किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ– बेइमानी, अङ्ग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।’

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : १२ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना