रवि रिहा भएसँगै खुशीयाली मनाउँदै रविका समर्थक | Khabarhub Khabarhub

रवि रिहा भएसँगै खुशीयाली मनाउँदै रविका समर्थक


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईका लागि चितवन पुगेका रविका समर्थकले खुशीयाली मनाएका छन् । पाँच लाख धरौटीसहित तारिखमा रिहा भएपछि रवी लामिछानेका समर्थकहरुले खुशीयाली मनाएका हुन् ।

अदालतले रिहा गरे लगत्तै लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन् । रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए ।

उनको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुशीयाली मनाएका छन् । जिल्ला अदालत चितवनको परिसरमा पनि ठूलो संङख्यामा समर्थहरु रवीको समर्थनमा नाराबाजी सहित उपस्थित भएका थिए ।

रवि लामिछानेसँग जिल्ला अदालत चितवनले ५ लाख धरौटी लिई रिहा गर्न आदेश दिँदै यो प्रकरणबारे बोल्न नपाउने गरी सिधा कुरा जनतासँग कार्यक्रम चलाउन दिने निर्णय गरेको छ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो। उनीसँगै पत्रकार युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता कार्कीलाई साधारण तारेखको आदेश सुनाइएको छ।

सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : १२ बजे

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ– दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । २०७७ सालदेखि