अपांगता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपालमा  | Khabarhub Khabarhub

अपांगता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपालमा 


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अपांगता भएका १२ जना पर्यटक सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । 

नेपाल स्थित इजरायली राजदूतावासको समन्वयमा नेपाल आएको सो टोलीलाई मङ्गलबार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका थिए ।

सालोम राफ्टिङ  ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङमुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ । बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाण्डौ फर्किने तालिका रहेको छ ।  

अपांगता भएका पर्यटकहरूको आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । 

‘हामीले कतिपय स्थानमा अपांगता मैत्री ट्रेल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपांगता मैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएका छौं । जसले नेपाल सवलांगका लागि मात्र नभई अपांगताहरुका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रभाव गर्ने छ ।’ उनले भने ।  

विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे ।

‘नेपाल प्रकृतिको अनुपम उपहार हो । यो देश साँच्चिकै सुन्दर छ । यहाँको कला संस्कृति र परम्परा र प्रकृति र आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँछ । विगतका वर्षहरूमा नेपाल भ्रमणमा आएका  अपांगता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या आउँदा दिनमा पुनः बढ्नेछ’। उनले भने ।

नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । 

यस्तै पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपांगता भएका व्यक्तिहरूको नेपाल भ्रमण गर्ने सोंच र योजनाले विश्वभरका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए ।

‘इच्छा शक्ति र आत्मविश्वास सबैभन्दा ठूला कुरा हो । जुन इच्छा शक्ति र आत्मविश्वासले तपाईँहरूलाई नेपालसम्म आइपुग्न अभिप्रेरित ग¥यो । यसले अपाङ्गता भएका अन्य व्यक्तिहरूमा पनि नेपाल भ्रमण गर्ने उत्साह सञ्चार गर्ने छ । ‘ उनले भने । 

इजरायली राजदूतावासको समन्वयमा गत वर्ष पनि अपांगता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगष्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  २ : ३९ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले