गगन थापाले भने- शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्दैन | Khabarhub Khabarhub

गगन थापाले भने- शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्दैन


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्न नसक्ने बताएका छन् । 

राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी न्यून रहेको भन्दै यसलाई दोब्बर नबनाएसम्म गुणस्तर सुधार हुन नसक्ने बताएका हुन् । 

उनले शिक्षा क्षेत्रको सुधारका लागि राज्य लगायत सांसद नेता सबै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । थापाले शिक्षा सम्बन्धी ऐन संसदीय समितिमा छलफलका क्रममा रहेको भन्दै यसलाई सदनको आगामी अधिवेशनबाट टुङ्गोमा पुराइने बताए ।

शिक्षालाई सूचना प्रविधिसँग जोड्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएपनि यसबाट बालबालिकामा हुनसक्ने नकरात्मक असरका बारेमा भने सजग हुनुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 

 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ०१ बजे

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो