पत्रकार महासंघमा टाँगियो कार्यवाहक अध्यक्ष र महासचिव हराएको ब्यानर « Khabarhub

पत्रकार महासंघमा टाँगियो कार्यवाहक अध्यक्ष र महासचिव हराएको ब्यानर


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली पत्रकारहरूको छाता संगठन भनिने नेपाल पत्रकार महासंघ दिनदिनै विवादको दलदलमा फस्दै गएको छ ।

महासंघमा तत्कालीन अध्यक्ष विपुल पोखरेलले नयाँ नेतृत्वको लागि महाधिवेशन गर्न नसकेर जिम्मेवारीबाट भागेपछि महासंघमा देखिएको विवाद झन् बढेको छ ।

नेपाली कांग्रेसनिकट पोखरेलले गत भदौ २४ गते अध्यक्षबाट राजीनामा दिँदै वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । कांग्रेसनिकटकै विष्टले कार्यवाहकको जिम्मेवारी लिँदै महाधिवेशन समयमै गर्ने बताएका थिए ।

तर महासंघको नयाँ कार्यसमितिका लागि दुई पटक मिति तोकेर पनि सम्भव नभएपछि तेस्रो पटकका लागि सरेको अवस्थामा पनि विवाद निरुपण भएको छैन ।

महासंघले भदौ २९ मा सदस्यहरूको सूची निकालेपछि चुनाव हुने अपेक्षा थियो । तर महासंघमा पत्रकारहरूका विभिन्न समूहले तालाबन्दी गरेका छन् ।

यसअघि पत्रकार एलपी देवकोटासहितले महासंघमा आफूलाई डोरीले बाँधेर धर्ना दिएका थिए । त्यसअघि उनीहरूले महासंघमा ताला पनि लगाएका छन् ।

यस्तोमा बुधबार तालाबन्दी भएको महासंघको मूलगेटमै कार्यवाहक सभापति भनिएका रमेश विष्ट र महासचिवमै बहाल रोशन पुरी हराएको विवरणसहितको ब्यानर टाँगिएको छ ।

जसमा यी दुवैजना महासंघका नेताहरू भदौ २९ गते गैरपत्रकारहरूलाई सदस्यता वितरण गरिसकेपछि बेपत्ता भएको उल्लेख छ ।

‘भेट्नु हुने महानुभावहरूले आफ्नो नजिकको क्रियाशील पत्रकारहरू वा महासंघको केन्द्रीय कार्यालयमा सम्पर्क गरिदिनु हुन अनुरोध छ’, उक्त सूचनामा भनिएको छ ।

महासंघमा सत्ता राजनीतिको पनि असर परेको छ । अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा रहेकासहितले कांग्रेसनिकट प्रेस युनियनलाई धेरै सदस्यता बाँडेको आरोप छ ।

गत असार १७ गते कांग्रेस र एमालेले सत्ता समीकरण गरेपछिको विवाद पनि महासंघमा देखिएको छ । त्यसअघि सत्ता सहकार्यमा रहेका कांग्रेस र माओवादीनिकट पत्रकारहरू मिलेर नयाँ नेतृत्व लिने दाउमा थिए ।

तर कांग्रेस र एमाले मिलेपछि प्रेस युनियन र प्रेस चौतारी एकातिर हुने परिस्थितिमा माओवादीनिकट प्रेस सेन्टर एक्लिने अवस्था छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : १५ बजे

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी