खुस्माको प्रिमियर : धिरज र उपासनाको अभिनयको प्रशंसा « Khabarhub

खुस्माको प्रिमियर : धिरज र उपासनाको अभिनयको प्रशंसा


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको शीर्ष भूमिकामा रहेको फिल्म ‘खुस्मा’को रेड कार्पेटसहितको प्रिमियर गरिएको छ । कमलपोखरीको एक हलमा बुधबार भएको प्रिमियर शोमा ३०० भन्दाबढी उपस्थित थिए ।

माओवादी सशस्त्र द्वन्द्वकालको परिवेशको प्रेम सम्बन्धमा आधारित कथामा बनेको फिल्मको प्रिमियरमा फिल्मकर्मी, राजनीतिज्ञ र पत्रकार उपस्थित थिए।

प्रिमियरपछि प्रतिक्रिया दिने क्रममा फिल्मकर्मीहरूले धिरज र उपासनाको अभिनयको प्रशंसा गरे । निर्देशक तथा लेखक अशोक थापा मगर नयाँ कथा पर्दामा उतार्न सफल भएको उनीहरूको प्रतिक्रिया छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सो फिल्मलाई दस्तावेजका रुपमा राख्न योग्य रहेको प्रतिक्रिया दिए ।

उनले थपे, ‘मैले आजसम्म २०-२५ वटा सिनेमाको प्रिमियर शो हरेँ । सिनेमामा म राम्रो छ हेर्दिनुहोला मात्र भन्थेँ । यसमा दम छ । एक पटक तपाईंले सिनेमा हेर्नु भएन भने वि.सं. २०५२ सालपछिको नेपाल नै बुझ्नुहुन्न ।’

निर्देशक थापाले बताउन खोजेको कथा पर्दामा उतार्न सफल भए जस्तो लागेको अनुभूति निर्देशक निश्चल बस्नेतले  सुनाए ।

उनले भने, ‘निर्देशक आफैँले सिनेमा लेख्नु पनि भएको छ । सम्पादन पनि आफैँ गर्नु भएको छ । त्यसैले पनि सिनेमा निर्देशकज्यूले आफूले चाहेको जस्तो बनाउन सक्नु भएको होला भन्ने मलाई महसुस भयो ।’

उनले नायिका उपासनाको अभिनय मन परेको प्रतिक्रिया दिए । नायक सलिनमान बनियाँले भने फिल्म मन परेको प्रतिक्रिया दिए ।

यही बिहीबारबाट प्रदर्शनमा आउने यस फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखक तथा निर्देशक अशोक थापा मगर गरेका हुन् । सिनेमाको निर्माताहरू वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर मगर र बेतान मगर हुन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : २४ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको