रवि छुटेलगत्तै धुर्मुसले लेखे- अन्ततः सत्य र न्यायको जीत भयो | Khabarhub Khabarhub

रवि छुटेलगत्तै धुर्मुसले लेखे- अन्ततः सत्य र न्यायको जीत भयो


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शालिकराम पुडासैनी प्रकरणमा मछिएका पत्रकार रवि लामिछाने अदालतवाट धरौटीमा रिहा भएपछि हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गर्दै खुशी व्यक्त गरेका हुन् । चितवन जिल्ला अदालतवाट लामिछाने धरौटीमा रिहा भएको खबर बाहिरीएपछि धुर्मुसले सामाजिक सञ्जालमा सत्यको सँधै जित हुने कुरा प्रमाणीत भएको अभिब्यक्ति दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अन्ततः सत्य र न्यायको जीत सदैव सुनिश्चित भएझैं भएको छ । देश भ्रष्टाचारमुक्त बन्नु पर्छ, कानुनी राज्य, विधीको शासन हुनुपर्छ । जीत सदैव नेपाल र नेपालीको हुनैपर्छ ।”

उने फेसबुकमा लेखेका छन्- “आज एकपटक फेरि सत्य र न्यायप्रेमी नेपालीले जितेका छन् । अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमितताका विरुद्ध तथा गरिब दुःखीको लागि न्यायको आवाज बोल्दै आउनुभएको आदरणीय रवि दाई आज झन् दर्विलो शाहसका साथ आम जनताकाबीच आउनुभएको छ ।”

लामिछाने हिरासतमा परेलगत्तै उनले पूर्ण आत्मविश्वासका साथ प्रशासनलाई अनुसन्धानमा पूर्ण सहयोग गर्छु भनेर बताएको भन्दै धुर्मुसले सोही प्रतिबद्धताको प्रशासन र न्यायालयले पनि सम्मान गरेको अनुभूति गरेको उल्लेख गरेका छन् । “यो जीतले समग्र न्याय क्षेत्रमा काम गर्ने अभियन्ता र सत्यका लागि साथ दिने समग्र शुभचिन्तकको जीत भएको छ । रवि दाई, तपाईंको यो जितले मलाई पनि यो देशका लागि सत्य र न्यायको बाटोमा कत्ति पनि नडगमाई काम गर्न थप उर्जा मिलेको छ ।जय देश, जय नेपाल ।” धुर्मुसले गरेके फेसबुक पोष्टमा लेखिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : २३ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा