च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात « Khabarhub

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

लण्डन – स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको छ। सेल्टिकले पहिलो खेलमा स्लोभान ब्राटिस्लाभालाई ५-१ ले हरायो। सेल्टिक पार्कमा बुधबार राति भएको खेलमा आर्ने एंगलको कर्नरमा लियाम स्केलले १७ औं मिनेटमा गोल गर्दै रङ्गशालामा उपस्थित घरेलु दर्शकलाई उत्साहित बनाएका थिए।

दोस्रो हाफमा निकोलास कनको क्रसमा क्युरो फुरोहासीले अर्को गोल गरे। एंगलले पेनाल्टीमा गोल गरे भने केभिन विमरले गोल गर्दै स्लोभानलाई खेलमा फर्काउने प्रयास गरेका थिए। डाइजन मेइडा र जेम्स फरेस्टले चेल्सीका लागि थप गोल गरे। इत्तेहाद रङ्गशालामा भएको खेलमा म्यानचेस्टर सिटी र इन्टर मिलानबिच गोल रहित बराबरी भएको छ।

 

सन् २०२३ को च्याम्पियन्स लिग फाइनलकै पुनरावृत्ति झैँ देखिएको खेलमा इटालियन शक्ति यस पटक अझ बढी सङ्गठित देखिएको थियो। दोस्रो हाफमा भने केही दबाब सहेको थियो।

पिएसजीको विजयी सुरुवात
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनले विजयी सुरुवात गरेको छ। बुधवारको अर्को खेलमा पिएसजीले गिरोनालाई १– ० ले हरायो। यस जितमा पिएसजीको मेहनत भन्दा पनि बढी विपक्षी गोल रक्षक पाउलो गाजानीगाको भंयकर गल्ती मुख्य कारण थियो। रक्षक नुनो मेन्डेजले दिएको बललाई नियन्त्रणमा लिन खोज्दा उनले बललाई आफ्नै पोस्टमा छिराएका थिए। खेलमा पिएसजीले लगातार आक्रमण नगरेको होइन तथापि गोल गर्न असमर्थ रहयो।

जेमी गिटेन्सले २ गोल गरेपछि बोरुसिया डर्टमन्डले क्लब ब्रगलाई ३-० ले हराएको छ। गत वर्षको उपविजेता डटर्मन्ड ७६ औं मिनेटमा बेलायती यु–२१ टोलीका फरवार्ड गिटेन्सको गोलमा अग्रता लिन सफल भएको थियो। उनैले ८६ औं मिनेटका अर्को आकर्षक गोल गर्दै डर्टमन्डलाई दोस्रो गोलको अग्रता दिलाए।

इन्जुरी समयमा ब्रान्डन मेकेलेले सेराउ ग्युरासीलाई फल गरेपछि पाएको पेनाल्टीलाई पनि डर्टमन्डले सफल उपयोग गरेको थियो। ग्युरासीको गोलसहित डर्टमन्ड पहिलो खेलमा प्रभावकारी जित हात पार्न सफल भएको छ। खेलको दौरान बेल्जियन टोलीले थुप्रै आक्रमण गरे पनि गोल गर्न असमर्थ भएको थियो।

रेडबलमाथि स्पार्टा प्राग ३-० ले विजयी
१९ वर्षपछि च्याम्पियन्स लिगमा बलियो उपस्थिति देखाउने क्रममा चेक गणतन्त्रको स्पार्टा प्रागले अस्ट्रियाको रेडबल स्राजबर्गलाई ३-० ले हरायो। सन् २००५ पछि प्राग पहिलो पटक प्रतियोगितामा फर्किएको हो। यो कम ब्याकलाई उत्कृष्ट बनाउने क्रममा प्रागले १०७ सेकेन्डमा नै अग्रता लिएको थियो। कान कइरीननेले रि बाउन्डमा पाएको अवसरलाई सदुपयोग गरे। भिक्टर ओलाट्न्जीले मध्यान्तर अघि दोस्रो गोल गरे। काजीम लाकीले ५८ औं मिनेटमा अर्को गोल गरे।

पहिलो पटक च्याम्पियन्स लिग खेली रहेको इटालीको बोलोग्नाले पनि युक्रेनको च्याम्पियन साख्तर डोन्सटकसँग गोल रहित बराबरी गरेको छ। बोलोग्नाले यसअघि सन् १९६४-६५ मा युरोपियन कपको पहिलो चरणको खेल खेलेको थियो।

भ्रमणकारी टोली साख्तरले चौथो मिनेटमा पेनाल्टी अवसर पाएको थियो। हिरोइ सुडाकोभको प्रहार पोलिस गोलरक्षक लुकास्ज स्पोरस्कीले बचाए।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ६ : ४० बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली