रवि रिहा भएसँगै भने– छाति चौडा राख्नेछु, शिर झुक्न दिने छैन (भिडियो सहित) « Khabarhub

रवि रिहा भएसँगै भने– छाति चौडा राख्नेछु, शिर झुक्न दिने छैन (भिडियो सहित)


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानेले आफू रिहा भएसँगै रिहाईका लागि आवाज उठाउने सम्पूर्णमा आभार प्रकट गरेका छन् ।

उनले पत्नी निकिता पौडेलको फेसबुकबाट लाइभ गर्दै सम्पूर्ण सहयोगी हातप्रति हृदयदेखि धन्यवाद प्रकट गरेका हुन् ।

उनले अदालतबाट रिहाई हुने वित्तिकै चितवनमा जम्मा भएका सम्पूर्ण समर्थकहरुसँग आजै माया तथा सद्भाव साँटासाँट गर्ने योजना भए पनि भीड सम्हाल्न नसिकेन अवस्थाका कारण सम्बोधन गर्न असमर्थ भएकोमा क्षमा मागेका छन् ।

उनले भेन, ‘ हामी तीनै जनाको रिहाइका लागि गर्नु भएको माया र सद्भावको कदर गर्नेछु, यति धेरै शुभचिन्तक हुँनुहुँदो रहेका छ । अझ बढी जिम्मेवारी भएको छु ।’

उनले सम्मानित अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै अदालतलाई पूर्ण सहयोग रहने बताएका छन् । उनले आफू धरौटीमा रिहा भएको जानकारी दिए । कानूनी प्रावधानमा पूर्ण सहयोग हुने वाचा गरे । केही चित्त नबुझेका कुरामा कानूनीबाटोबाट  उपचारको खोजी गर्ने समेत बताएका छन् ।

अदालतको आदेशलाई मनन् गर्दै उनले यस घटनासँग सम्बन्धित कुनै पनि कुरा कार्यक्रममा प्रशारण नगर्ने बताएका छन् । उनले भने, ‘सम्मानित अदालतको सम्मान गर्ने छु । प्रभाव पार्ने छैनौं ।’

उनले भने, ‘अहोरात्र न्यायका लागि आवज उठाउने सम्पूर्णमा अन्तर्मनबाट धन्यवाद दिन चाहान्छु । यो गुन कहिल्यै विर्सन सक्दिन । यो मुस्किलको घडीमा दिनुभएको साथले छाती चौडा राख्नेछु, शिर झुक्न दिने छैन ।’

उनले कानूनी प्रक्रिायहरु पालना गर्नैपर्छ, हामीले पालना गरेका छौं । उनले चितवनमा जम्मा भएका सवै समर्थकलाई मन्चबाट हेर्ने र सम्बोधन गर्ने कार्यक्रम आज सम्भव भएन भोलि पक्कै हुने बताएका छन् ।

उनले चितवनमा आउनुभएका सम्पूर्ण शुभचिन्तकहरुसँग माया सद्भाव साँटेरमात्र काठमाडौं फर्किने बाँचा समेत गरेका छन् । उनले सवैप्रति अन्तर्मनदेखि धन्यवाद दिँदै सत्यको लागि कहिल्यै नडग्मगाउने बताएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ०६ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको