मधेस केन्द्रित दलहरू वर्तमान संविधानको विपक्षमा छैनन् : प्रदीप ज्ञवाली « Khabarhub

मधेस केन्द्रित दलहरू वर्तमान संविधानको विपक्षमा छैनन् : प्रदीप ज्ञवाली


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मधेस केन्द्रित दलहरू वर्तमान संविधानको विपक्षमा नरहेको बताएका छन् । जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता ज्ञवालीले दुई वटा निर्वाचनमा मधेसवादी दलहरू सहभागी भईसकेको र  विभिन्न सरकारमा सहभागी पनि भएका कारण वर्तमान संविधानको विपक्षमा रहेको आफूले नदेखेको बताएका हुन् । 

उनले भने ‘मधेस केन्द्रित दलहरू विभिन्न सरकारमा सहभागी पनि  भएकोले वर्तमान संविधानको विपक्षमा देखिँदैन्न । उनीहरु संविधानको केही बुँदामा असन्तुष्ट छन् त्यो असनतुष्टी संविधान कार्यान्वयनकै क्रममा हटाउन सकिन्छ ।’

यस्तै ज्ञवालीले प्रदेश सरकारहरूले प्रादेशिक मुद्दाहरूलाई एजेण्डा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारहरूले प्रादेशिक मुद्दालाई महत्व दिए सङ्घीयता कार्यान्वयन सहज हुने समेत बताए ।

केन्द्र हल्लियो कि प्रदेश पनि हल्लिने परिपाटीका कारण अहिले संघियता कार्यान्वयनमा समस्या देखिएको उनले बताए ।

 ‘काठमाडौँमा पानी पर्यो कि जनकपुरधाममा छाता ओेढ्ने परिपाटीको अन्त्य गरौँ ।’ उनले भने ‘राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दा चल्नुपर्ने हो, प्रदेशमा प्रादेशिक राजनीतिक चल्नु पर्ने हो तर कस्तो भएको छ भने राष्ट्रिय राजनीति थोरै हल्लियो कि त्यसको प्रभाव प्रदेशमा पनि पर्ने गरेको छ, जुन नहुनुपर्ने हो ।’ 

प्रदेश सरकारहरूले प्रादेशिक मुद्दालाई स्थापित गर्दै जाला त्यसमा आफू विश्वस्त रहेको ज्ञवालीले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ४ : ४६ बजे

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण