मधेस केन्द्रित दलहरू वर्तमान संविधानको विपक्षमा छैनन् : प्रदीप ज्ञवाली | Khabarhub Khabarhub

मधेस केन्द्रित दलहरू वर्तमान संविधानको विपक्षमा छैनन् : प्रदीप ज्ञवाली


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मधेस केन्द्रित दलहरू वर्तमान संविधानको विपक्षमा नरहेको बताएका छन् । जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता ज्ञवालीले दुई वटा निर्वाचनमा मधेसवादी दलहरू सहभागी भईसकेको र  विभिन्न सरकारमा सहभागी पनि भएका कारण वर्तमान संविधानको विपक्षमा रहेको आफूले नदेखेको बताएका हुन् । 

उनले भने ‘मधेस केन्द्रित दलहरू विभिन्न सरकारमा सहभागी पनि  भएकोले वर्तमान संविधानको विपक्षमा देखिँदैन्न । उनीहरु संविधानको केही बुँदामा असन्तुष्ट छन् त्यो असनतुष्टी संविधान कार्यान्वयनकै क्रममा हटाउन सकिन्छ ।’

यस्तै ज्ञवालीले प्रदेश सरकारहरूले प्रादेशिक मुद्दाहरूलाई एजेण्डा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारहरूले प्रादेशिक मुद्दालाई महत्व दिए सङ्घीयता कार्यान्वयन सहज हुने समेत बताए ।

केन्द्र हल्लियो कि प्रदेश पनि हल्लिने परिपाटीका कारण अहिले संघियता कार्यान्वयनमा समस्या देखिएको उनले बताए ।

 ‘काठमाडौँमा पानी पर्यो कि जनकपुरधाममा छाता ओेढ्ने परिपाटीको अन्त्य गरौँ ।’ उनले भने ‘राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दा चल्नुपर्ने हो, प्रदेशमा प्रादेशिक राजनीतिक चल्नु पर्ने हो तर कस्तो भएको छ भने राष्ट्रिय राजनीति थोरै हल्लियो कि त्यसको प्रभाव प्रदेशमा पनि पर्ने गरेको छ, जुन नहुनुपर्ने हो ।’ 

प्रदेश सरकारहरूले प्रादेशिक मुद्दालाई स्थापित गर्दै जाला त्यसमा आफू विश्वस्त रहेको ज्ञवालीले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ४ : ४६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार

आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर