‘बेहुली फ्रम मेघौली’को ट्रेलर : ३० वर्षभित्रै स्वस्तिमाको बिहे गराउन रस्साकस्सी « Khabarhub

‘बेहुली फ्रम मेघौली’को ट्रेलर : ३० वर्षभित्रै स्वस्तिमाको बिहे गराउन रस्साकस्सी


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असोज १७ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमको आयोजना गरी ३ मिनेट १७ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रलेर फिल्मकी नायिका स्वस्तिमा खड्काको विवाहको घटना वरपर घुमेको छ । चिनामा भ्रामरी दोष देखिएकाले ३० वर्ष नकाट्दै स्वस्तिमाको विवाह गराउन परिवारले दौडधुप गरेको ट्रेलरमा देख्न सकिन्छ ।

स्वस्तिमाले परिवारले खोजेका केटाहरु मन पराउँदिनन् । उनले फिल्मका मुख्य कलाकार निश्चल बस्नेतलाई मन पराएकी छन्। निश्चलको भने अर्को केटीसँग प्रेम रहेको देखाइएको छ ।

३० वर्ष कट्न एक महिना मात्रै बाँकी रहेकी स्वस्तिमालाई विवाह गराउन परिवारले गरेको रस्साकस्सी नै ट्रेलरको मूल मर्म हो ।

यो फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

फिल्ममा कास्टिङ निर्देशकको जिम्मेवारी विजय बरालले लिएका हुन् । ब्ल्याक हर्स पिक्चर्स तथा मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको लेखक साजन काफ्ले र आकाश बराल हुन् । उनीहरु दुवै मिलेर निर्देशन गरेका छन् । यो उनीहरुको डेब्यू निर्देशन हो ।

फिल्मको निर्माण स्वस्तिमा र निश्चल मिलेर गरेका हुन् । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ६ : ३० बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा