‘बेहुली फ्रम मेघौली’को ट्रेलर : ३० वर्षभित्रै स्वस्तिमाको बिहे गराउन रस्साकस्सी « Khabarhub

‘बेहुली फ्रम मेघौली’को ट्रेलर : ३० वर्षभित्रै स्वस्तिमाको बिहे गराउन रस्साकस्सी


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असोज १७ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमको आयोजना गरी ३ मिनेट १७ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रलेर फिल्मकी नायिका स्वस्तिमा खड्काको विवाहको घटना वरपर घुमेको छ । चिनामा भ्रामरी दोष देखिएकाले ३० वर्ष नकाट्दै स्वस्तिमाको विवाह गराउन परिवारले दौडधुप गरेको ट्रेलरमा देख्न सकिन्छ ।

स्वस्तिमाले परिवारले खोजेका केटाहरु मन पराउँदिनन् । उनले फिल्मका मुख्य कलाकार निश्चल बस्नेतलाई मन पराएकी छन्। निश्चलको भने अर्को केटीसँग प्रेम रहेको देखाइएको छ ।

३० वर्ष कट्न एक महिना मात्रै बाँकी रहेकी स्वस्तिमालाई विवाह गराउन परिवारले गरेको रस्साकस्सी नै ट्रेलरको मूल मर्म हो ।

यो फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

फिल्ममा कास्टिङ निर्देशकको जिम्मेवारी विजय बरालले लिएका हुन् । ब्ल्याक हर्स पिक्चर्स तथा मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको लेखक साजन काफ्ले र आकाश बराल हुन् । उनीहरु दुवै मिलेर निर्देशन गरेका छन् । यो उनीहरुको डेब्यू निर्देशन हो ।

फिल्मको निर्माण स्वस्तिमा र निश्चल मिलेर गरेका हुन् । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ६ : ३० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक