हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा  « Khabarhub

हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा 


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इजरायलले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्न तयार थिए । 

दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आइडीएफ हवाई आक्रमणमा निशाना बनाइएको छ । लेबनानको राज्य(संचालित राष्ट्रिय समाचार एजेन्सीले इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको छ र लेबनानले उत्तरी इजरायलमा सैन्य लक्ष्यहरूमा पनि आक्रमण गरेको छ । 

यस अघि लेबनानभरि पेजर र वाकीटकीमा भएको विस्फोटमा कूल ३७ जनाको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी घाइते भएका थिए । अर्कोतर्फ, इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायल अब युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको छ र आफ्नो शक्ति उत्तरमा केन्द्रित गरिरहेको बताएका छन् ।

अक्टोबर ८, २०२३ मा, गाजाबाट हमासका सशस्त्र लडाकुहरूले इजरायलमा आक्रमण गरे, त्यसपछि इजरायल र हिजबुल्लाह बीच तनाव जारी छ । त्यसबेलादेखि, हिजबुल्लाहले प्यालेस्टिनी जनतासँग ऐक्यबद्धतामा इजरायली लक्ष्यहरूमा बमबारी जारी राखेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : ०३ बजे

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको