धनराजविरुद्ध कानुनी कारबाही बढाउन समितिको निर्देशन « Khabarhub

धनराजविरुद्ध कानुनी कारबाही बढाउन समितिको निर्देशन


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाको छनबिन गर्न बनेको संसदीय छनबिन विशेष समितिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई सहकारी ठगीमा अनुसन्धान गर्न निर्देशन दिएको छ ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेर पनि एकसाथ बस्ने गरेको देखिएकाले अनुसन्धान अघि बढाउन समितिले भनेको हो ।

‘सहकारीकै कारण कतिपय सदस्यले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा छन् । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध विच्छेद गरेर एकसाथमै बस्ने गरेको चर्चा छ । सहकारी संस्थाका तर्फबाट ज्योति गुरुङ र धनराज गुरुङसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकोमा समितिले त्यस सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ ।’

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ६ : ४० बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष