चिया निर्यात ५२ प्रतिशतले बढ्यो « Khabarhub

चिया निर्यात ५२ प्रतिशतले बढ्यो


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो। गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो।

प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ। चालु आव २०८१–८२ को दुई महिनामा एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ। गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो। गत आवमा सो अवधिमा ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो।

दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए। भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उनको दाबी छ।

गत आव २०८०/८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशले घटेको थियो।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ६ : ०८ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको