रविले आज नारायणी नदी किनारमा 'धन्यवाद सभा' गर्दै, सवैलाई उपस्थित भइदिन आग्रह | Khabarhub Khabarhub

रविले आज नारायणी नदी किनारमा ‘धन्यवाद सभा’ गर्दै, सवैलाई उपस्थित भइदिन आग्रह


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अदालतबाट धरौटीमा रिहा भएका रवि लामिछानेले आज दिउँसो २ बजे चितवनको नारायणी नदी किनारामा धन्यवाद सभा गर्ने भएका छन् ।

उनले आफ्नो फेसबुकमा भिडियो सेयर गर्दै आज दिउसो २ बजे नारयणी नदी किनार प्रदर्शनीस्थलमा धन्यबाद सभा आयोजना गर्ने जानकारी दिएका हुन् । आफ्नो रिहाइका लागि अहोरात्र खटिने सम्पूर्ण सहयोगी, शुभचिन्तकहरुहरुलाई उनले उक्त कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका छन् ।

पाँच लाख धरौटी तिरेर हिजो रिहा भएपछि उनले पत्नी निकिता पौडेलको फेसबुकबाट लाइभ गर्दै आफ्नो रिहाईका लागि आवाज उठाउने सम्पूर्णमा आभार प्रकट गरेका थिए । हिजै धन्यवाद सभा आयोजना गर्ने अवस्था नदेखिएपछि आज सम्बोधन गरेर मात्र काठमाडौं फर्किने वाचा गरेका थिए । उनले आफ्नो समर्थनका क्रममा पक्राउ परेका सबैको विनाशर्त रिहाइको माग गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसअघि उनले भनेका छन, ‘हामी तीनै जनाको रिहाइका लागि गर्नु भएको माया र सद्भावको कदर गर्नेछु, यति धेरै शुभचिन्तक हुँनुहुँदो रहेका छ । अझ बढी जिम्मेवारी भएको छु ।’

उनले सम्मानित अदालतको आदेशलाई स्वीकार गर्ने बताउँदै अदालतलाई पूर्ण सहयोग रहने बताएका छन् । उनले आफू धरौटीमा रिहा भएको जानकारी दिए । कानूनी प्रावधानमा पूर्ण सहयोग हुने वाचा गरे । केही चित्त नबुझेका कुरामा कानूनीबाटोबाट उपचारको खोजी गर्ने समेत बताएका छन् ।

अदालतको आदेशलाई मनन् गर्दै उनले यस घटनासँग सम्बन्धित कुनै पनि कुरा कार्यक्रममा प्रशारण नगर्ने बताएका छन् । उनले भने, ‘सम्मानित अदालतको सम्मान गर्ने छु । प्रभाव पार्ने छैनौं ।’

उनले भने, ‘अहोरात्र न्यायका लागि आवज उठाउने सम्पूर्णमा अन्तर्मनबाट धन्यवाद दिन चाहान्छु । यो गुन कहिल्यै विर्सन सक्दिन । यो मुस्किलको घडीमा दिनुभएको साथले छाती चौडा राख्नेछु, शिर झुक्न दिने छैन ।’

उनले सवैप्रति अन्तर्मनदेखि धन्यवाद दिँदै सत्यको लागि कहिल्यै नडग्मगाउने बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ७ : १४ बजे

अफगानिस्तानमा सडक दुर्घटना : ११ जनाको मृत्यु, चार घाइते

एजेनसी – दक्षिण अफगानिस्तानको हेलमण्ड प्रान्तमा राजमार्ग दुर्घटनामा कम्तीमा ११

गुप्ताको राजीनामालगत्तै मन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको आरोप, बाहिरियो अडियो

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री