काठमाडौं– अफगानिस्तानले क्रिकेटमा नयाँ कीर्तिमान राखेको छ । शुक्रबार सारजाहमा भएको खेलमा दक्षिण अफ्रिकालाई १७७ रनले हराउँदै अफगानिस्तानले कीर्तिमान राखेको हो । अफगानिस्तानका लागि रमानहुल्लाह गुरबाजले शतक प्रहार गरे ।
सोही शतकका कारण अफगानिस्तानले ३११ रनको योगफल खडा गरेको थियो । रसिद खानले ५ विकेट लिए पछि भ्रमणकारी दक्षिण अफ्रिका १३४ रनमा सीमित भएको हो ।
३ खेलको शृङ्खला जिती सकेको अफगानिस्तानले आइतबार तेस्रो खेल खेल्दै छ । अफगानिस्तानको यो १४ औ बिलाटिरियल शृङ्खला जित हो । यस अघि अफगानिस्तानले जिम्बाबेसँग ५, आयरल्याण्डसँग ४, स्कटल्यान्डसँग २ तथा नेदरल्यान्ड र बङ्गलादेशसँग १ शृङ्खलामा जित हात पारेको थियो ।
शीर्ष ५ वरीयतामा रहेको टोली विरुद्धमा अफगानिस्तानको यो पहिलो सफलता हो । दक्षिण अफ्रिका अहिले वरियता क्रममा तेस्रो स्थानमा छ ।
दक्षिण अफ्रिका लगातार २ ए क दिवसीय खेलमा १५० रन भन्दा कमको योगफलमा समेटिएको पनि यो पहिलो पटक हो । शृङ्खलाको पहिलो खेलमा पनि दक्षिण अफ्रिका १०६ रनमा सीमित भएको थियो ।
शुक्रबारको खेलमा दक्षिण अफ्रिकाले ९ विकेट स्पिनरलाई सुम्पेको थियो । यो पनि आफैमा कीर्तिमान हो । यस अघि सन् १९९९ मा नैरोबीमा भएको खेलमा भारतीय स्पिनरले पनि दक्षिण अफ्रिकाको ९ विकेट लिएका थिए ।
गुरबाजले सातौँ एक दिवसीय शतक प्रहार गरे । २३ वर्ष भन्दा कम उमेरमा यो भन्दा बढी सतक प्रहार गर्ने अहिलेसम्म सचिन तेन्दुलकर र क्विन्टन डीकक मात्र हुन् । विराट कोहलीले २३ वर्ष पुरा हुनु भन्दा अघि ७ एक दिवसीय सतक प्रहार गरेका थिए ।
प्रतिक्रिया