सरोकारवाला भन्छन् : मुहानबाटै बागमतीको सफाइ गर्नुपर्छ « Khabarhub

सरोकारवाला भन्छन् : मुहानबाटै बागमतीको सफाइ गर्नुपर्छ


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – बागमती नदीको मुहानस्थलमै फोहर बढ्न थालेकाले तलमात्र सफाइ गरेर काठमाडौँ उपत्यकाका नदी सफा नहुने सरोकारवालाले बताएका छन् । बागमती सफाइ महाअभियानको पाँच सय ९३ औँ हप्ताका अवसरमा आज सुन्दरीजलमा आयोजित नदी सफाइ एवं सम्वाद कार्यक्रमका वक्ताले सो विषयमा ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन विभाग प्रमुख कल्याणकुमार गुरुङले संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिएकाले यसको कार्यान्वयनका लागि सफाइ स्रोतमै गरिनुपर्ने बताए ।

बागमतीको मुहानदेखि नै सफाइका लागि पार्टीले कार्यक्रम बनाउने जानकारी पनि उनले गराए । पानीको बोत्तल खोलेर आउने प्लाष्टिकलगायत फोहरको व्यवस्थापन सम्बन्धित व्यक्तिले नै गर्नुपर्ने उनको भनाइ थियो । वातावरण र जलवायु परिवर्तन मानिसको भविष्यसँग जोडिएको विषय भएकाले काम पनि त्यसै अनुसार हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सांसद निशा डाँगीले वाग्मतीलाई पहिलेकै अवस्थामा लैजाने गरी सफाइ अभियान चलाइनुपर्ने बताईन । बोलेरमात्र काम नहुने भएकाले काम गरेरै देखाउनुपर्नेमा उनको जोड छ ।

नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले बागमती सफाइका लागि २४ वर्षअघिदेखि नदी महोत्सवलगायत जनचेतनाका काम गर्दै आएको जानकारी दिए । फोहरलाई स्रोतमै व्यवस्थापन, ढल नमिसाउने, पानीको बहाव बढाउने, कानुन कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो ।

बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले वाग्मती वाग्द्वारदेखि नै फोहर भएकाले मुहानदेखि नै सफाइ अभियान चलाउनुपर्ने बताइ । असार १ गते वाग्द्वार क्षेत्रमा सफाइ गरी तीन बोरा फोहर सङ्कलन गरिएको पनि उनले सुनाए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ८ : ३० बजे

सिरहामा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका