मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु « Khabarhub

मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि आधा शताब्दी लामो इतिहास बोकेको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सुरु भएको छ ।

थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन (थकाली)ले उद्घाटन गरे । खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले जानकारी दिए ।

“५० वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहासिक र सांस्कृतिक महत्व छ”, उनले भने, “पुरुष, महिला भलिबल, तारा खेल (घनुषवाण) (४० वर्ष माथिका० र आर्चरी (खुल्ला), लोक नृत्य र थकाली गीत प्रतियोगिता आयोजना गरिएको छ ।”

छवटा क्लबले सहभागिता जनाएको पुरुष भलिबलमा विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्रदान गरिनेछ । तीनवटा क्लब सहभागी महिला भलिबलको विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित रु एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

धनुुषवाण र आर्चरीमा विजेतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार प्रदान गरिने सङ्घले जनाएको छ । मार्फाको मिलीजुली युवा क्लब सहआयोजक रहेको प्रतियोगिताअन्तर्गत कृषि मेला प्रदर्शनी पनि आयोजना भएको छ । नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ३५ हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र र मेडल वितरण गरिने भएको छ । उद्घाटन समारोहमा झाँकी सहितको ¥यालीले मार्फा गाउँ परिक्रमा गरिएको थियो ।

संस्थाका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचन, संस्थाका पूर्वसचिव राजु लालचन, आर्चरीका अन्तर्राष्ट्रिय खेलाडी योगेन्द्र शेरचन र बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पहिलो दिन पुरुष भलिबलको पहिलो चरणको तीनवटा खेल भएका छन् । उद्घाटन खेलमा मिलीजुली युवा क्लब मार्फासँगै पराजित भएको नीलगिरि युवा क्लब टुकुचेले अर्को खेलमा अन्नपूर्ण युवा क्लब ताक्लुङलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको छ । धौलागिरि युवा क्लब कोवाङले निर्मल स्पोट्र्स क्लब लेतेलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको थियो ।

महिला भलिबलमा नीलगिरि युवा क्लबले राष्ट्रिय टोलीका प्रतिभा माली, सलिना श्रेष्ठ, सोफिया पुनलाई मैदानमा उतार्ने भएको छ । मिलीजुली युवा क्लबले म्याग्दी र कास्कीबाट प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ०१ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर