एक दिवसीय सिरिज : इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित | Khabarhub Khabarhub

एक दिवसीय सिरिज : इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

लण्डन – इंग्ल्यान्डविरुद्धको सिरिजमा अस्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ। शनिबार लिड्समा भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ६८ रनले हरायो। अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २०२ रनमा सीमित भयो।

इंग्ल्यान्डका लागि बेन डुकेटले ४९ रन बनाए। यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले प्रभावकारी प्रदर्शन गर्न सकेनन्। अस्ट्रेलियाका मिचेल स्टार्कले ९ दशमलव २ ओभरमा ५० रन खर्चिँदै ३ विकेट लिए। एरोन हार्डीले ८ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४४ दशमलव ४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २७० रनको योगफल खडा गरेको थियो। अन्य खेलमा धिमा सुरुवात गरेको अस्ट्रेलियाले मध्य क्रमका मिचेल मार्स र एलेक्स क्यारीको पारीपछि खेलमा प्रभाव जमाएको हो।

तेस्रो क्रममा ब्याटिङ गरेका मार्सले ५९ बलमा ६० रन बनाए। यसैगरी एलेक्स क्यारीले ६७ बलमा ७४ रन जोडे। उनी खेलको म्यान अफ द म्याच बने। अन्तिम विकेटको रूपमा उनलाई ओले स्टोनले आउट गरेका थिए।

इंग्ल्यान्डका ब्राइडन कार्स ३ विकेट लिए तर उनी एकदमै महँगो साबित भए। उनले १० ओभरमा ७५ रन खर्चिए। अदिल रसिदले १० ओभरमा ४२ न खर्चेर २ विकेट लिए।

ग्लेन म्याक्सवेललाई आफ्नो क्यारियरको २०० औं एकदिवसिय विकेटको रूपमा आउट गरेका उनले त्यसपछि नै एडम जाम्पालाई आउट गरेका थिए। अस्ट्रेलियाले ५ खेलको शृङ्खलामा २–० को जित हात पारेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ४४ बजे

मध्यभोटेकोशी आयोजनाबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली

काठमाडौं – चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

तेह्रथुम– जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन 

सुनसरी– तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको उपाधि