आफ्नै कार्यालयका ५८ जनासँग शारीरिक सम्बन्ध राख्ने गभर्नरलाई १३ वर्ष जेल सजाय « Khabarhub

आफ्नै कार्यालयका ५८ जनासँग शारीरिक सम्बन्ध राख्ने गभर्नरलाई १३ वर्ष जेल सजाय


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

हङकङ- चीनमा ‘ब्युटीफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ ।

उनलाई एक करोड १६ लाख रुपैयाँ जरिवाना पनि तिराइएको छ । ५२ वर्षीय झोङ याङ ७१ करोड रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेकी थिइन् ।

त्यससँगै कार्यालयका ५८ जना कर्मचारीहरूसँग शारीरिक सम्बन्ध राखेको अभियोगमा पनि उनी दोषी ठहर भएकी छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार झोङ चिनियाँ कम्युनिष्ट पार्टीबाट गुइझोउका उपसचिव र गभर्नर भइसकेकी छन् ।

उनी २२ वर्षको उमेरमा पार्टीमा प्रवेश गरेकी थिइन् । जनवरी २०२३ मा, चीनको गुइझोउ रेडियोले आफ्नो रिपोर्टमा झोङसँग सम्बन्धित विवादहरू उल्लेख गरेको थियो ।

सरकारी लगानीको आडमा आफ्नो मनपर्ने कम्पनीलाई ठूला ठेक्का दिलाउन आफ्नो हैसियत प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो ।

एउटा मामलामा, झोङले एक व्यापारीलाई १.७ लाख वर्ग मिटर जग्गामा हाईटेक इन्डस्ट्रियल इस्टेट बनाउने ठेक्का दिएकी थिइन् । ती व्यापारीको झोङसँग घनिष्ठ सम्बन्ध थियो ।

यो सम्झौताबाट झोङलाई धेरै फाइदा भयो । समाचार अनुसार, झोङले आफ्नो व्यक्तिगत सम्बन्ध भएका कम्पनीलाई मद्दत गर्थिन् ।

अप्रिल २०२३ मा, गुइझाउ प्रान्तको सुपरिवेक्षण समितिले झोङविरुद्ध अनुसन्धान थालेको थियो । उक्त अवधिमा झोङमाथि ५८ पुरुषसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि लागेको थियो ।

यीमध्ये धेरैजसोबाट झोङले फाइदा उठाएकी थिइन् । कतिपयमा झोङ याङसँग काम गर्ने व्यक्तिहरू पनि थिए ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार झोङले यी व्यक्तिहरूलाई व्यापार यात्रा वा ओभरटाइमको बहानामा भेट्ने गर्थिन । झोङलाई गत वर्ष अप्रिलमा पक्राउ गरिएको थियो ।

यसपछि, सेप्टेम्बर २०२३ मा, चीनको सिन्ह्वा समाचार एजेन्सीले आफ्नो रिपोर्टमा झोङलाई कम्युनिष्ट पार्टी र नेसनल पिपुल्स कंग्रेसबाट निष्कासन गरिएको बताएको थियो ।

उनीमाथि बनेको डकुमेन्ट्रीमा झोङ याङले आफूले गरेको कामप्रति पश्चाताप भएको बताएकी छन् । उनी अब आफ्ना सहकर्मी, परिवार र राजनीतिक नेताहरूसँग आँखा सम्पर्क गर्न सक्दैनन् ।

‘मैले सोचें कि यस तरिकाले मलाई राजनीतिक मुद्दाहरूमा मद्दत गर्न केही भरपर्दो व्यवसायीहरू पाउँछन्,’ झोङले भनिन्, ‘मेरा आमाबाबुले मलाई काममा इमानदार हुन सल्लाह दिए, तर मैले उनीहरूको कुरा सुनिनँ ।’

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १ : ३६ बजे

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय