मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : मन्त्री यादव « Khabarhub

मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : मन्त्री यादव


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) को नीति तथा सिद्धान्तअनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका हुन् ।

उनले भने, ‘हामी नीतिगत रूपमा नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ, हामीले गरेको कामको परिणाम जनताले देख्ने छन् ।’

यसैगरी उनले पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफलसमेत गरेका थिए । जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेकोसमेत दाबी गरे ।

उनले भने, ‘हाम्रो पार्टीले नीतिगत रूपमै जनताको हितमा काम गरिरहेको छ, मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।’

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  २ : १४ बजे

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित

बालेन नेतृत्वको सरकारबारे भीम रावलको टिप्पणी : अब त ब्यारेकमै पुगेर सेनालाई हप्काउन थालिएछ

काठमाडौं– नेकपा नेता डा. भीम रावलले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह