व्यापारीले सामानको मूल्यसूची नै राख्न मानेन् « Khabarhub

व्यापारीले सामानको मूल्यसूची नै राख्न मानेन्


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ ।

उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा उपमहानगरपालिकामा दर्ता भएका पसलले नवीकरण नगरेको, अनुमति नलिई विभिन्न पसलमा मदिरा बिक्री वितरण गरिएको र धेरैजसो पसलमा म्याद गुज्रिएका सामान फेला परेको सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए। यस्ता व्यवसायीलाई तीन दिनभित्र मूल्यसूची राख्न र कर तिर्न निर्देशन दिइएको संयोजक शर्माले जानकारी दिए ।

अर्को पटक यस्तो भेटिए कारवाही हुनेसमेत उनले बताए । शर्माको नेतृत्वमा इलाका प्रशासन कार्यालयका अधिकृत श्रीधर टण्डन, तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज भण्डारी, उपभोक्ता अधिकार मञ्चका संयोजक केशवकुमार शर्मा, वडाध्यक्ष टोपबहादुर केसी, नवराज लामिछाने, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकारको सहभागिता थियो । अनुगमनलाई निरन्तता दिइने समितिले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : ०१ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने